धरान / धरान–१५ स्थित शिक्षा सदन स्कुलमा अध्ययन गरेका भूपू विद्यार्थीहरूले स्कुलको गेट बनार्इ दिएका छन् । नवनिर्मित गेटको आज प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले उद्घाटन गरेका छन् । उक्त विद्यालयका पूर्वशिक्षक समेत रहेका सभामुख भण्डारी
शिक्षासेवी एवम् स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्याम कट्वालले आफूले पढाएको विद्यार्थी सदन स्कुलमै अध्यापन गराइ सभामुख भएको देख्दा आफूलाई गर्व लागेको बताउँदा सभामुख भणडारीले आँशु खसालेका थिए ।
२०४९ सालको एसएलसी ब्याजले स्थापना गरेको हेल्पिङ ह्याण्ड ग्रुपको सक्रियतामा सहयोग रकम सङ्कलन गरी गेट निर्माण गरिएको समुहका अध्यक्ष सन्तोष राजा श्रेष्ठले जानकारी दिए । नवनिर्मित गेट १ लाख ९८ हजार रूपैयाँमा निर्माण गरिएको हो ।

२०४९ सालको एसएलसी ब्याजलाई अध्यापन गराउने १४ शिक्षक सम्मानित

कार्यक्रममा २०४९ सालको एसएलसी ब्याजलाई अध्यापन गराउने १४ जना शिक्षकहरुलाई विद्यार्थीहरुले सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा श्याम कटवाल, प्रदीप भण्डारी, गोपाल वाग्ले, केशव वाग्ले, महेन्द्रदत्त कायस्थ, विष्णु शर्मा दाहाल, गोपाल पौडेल, शशी श्रेष्ठ, बलवन्त ठाकुर, बलराम थापा, नेत्रलाल श्रेष्ठलगायत रहेका छन् ।