इटहरी/ बुधबार हिसान ‘स्पोर्टस मिट’ अन्तर्गत क्रिकेट खेलमा धरान आर्दश कलेजका खेलाडीहरुले अफिसियलमाथि कुटपिट गरेका छन् । रितेश राईमाथि निर्घात कुटपिट गरेका हुन । प्रतियोगितामा कुटाकुट भए पछि प्रतियोगिता समेत रोकिएको छ ।

इटहरीको कोशी सेन्टजेम्स कलेज र आर्दश बिच खेल संञ्चालन भइरहेको थियो । तर आर्दशका खेलाडीले खेल चित्त नबुझेको भन्दै खेल बहिस्कार गरेका थिए । सो क्रममा विवाद हुदा राईमाथि ५ जनाको समुहले घेरेर अफिसियल राईमाथि कुटपिट भएको बताइएको छ ।

राईको टाँउको, घाटी र शरिरका बिभिन्न भागमा चोट लागेको छ । उनको उपचार इटहरी स्थित सामुदायिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न विद्यार्थीहरुलाई भने इलाका प्रहरी कार्यलय इटहरीमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विवाद बढेपछि पूनं आर्दशका खेलाडी र कोशी कलेजका बिद्यार्थी बिच झगडा भएको थियो । सो क्रममा केही खेलाडीहरु घाइते भएको बताइएको छ क्रिक्रेट खेलकुद ब्यवस्थापक सिपि पौडेलले बताए । उनले भने खेलाडीहरुले अफिसियलाई हातपात गरे पछि तनाब भयो उनले भने ।

शुरुमा आर्दश कलेजका खेलाडीहरुले हात लगाएपपछि झगडा भएको बताइएको छ । आयोजक हिसान सुनसरी र प्रहरीको पहलमा विवाद मिलाउने प्रयास भइरहेको छ ।