काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उत्रिएका युवा विजय थापाले पनि अनसन तोडेका छन् ।
चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार अनशन तोडेका छन् । चिकित्सा विधेयक प्रतिनीधि तथा राष्ट्रिय सभा दुवैबाट पास भइसकेको छ ।
अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेक छन् । उनको स्वास्थ्यमा समस्या भएकाले केही दिन उनी अस्पतालमै रहने छन् ।
थापाले डा. गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने पनि माग पनि राख्दै आएका थिए ।
डा. केसीले शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशन तोडेका थिए । सरकारले व्यापक विरोधका बीच विधेयक पारित परेपछि फरक रुपमा संघर्ष जारी राख्ने बताउँदै अनशन तोडेका थिए । उनले अनसन तोडे पछि थापाले पनि तोडेका हुन् ।