धरान / प्रदेश नम्बर १ को प्रदेश सभा संचालन भएको एक बषार्मा पुगे पछि मिडियाहरुको सजिलोका लागि अडियोभिडियो सुविधासहितको मिडिया सेन्टरको स्थापना भएको छ ।
हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पारेर अडियोभिडियो गतिविधिसहितको जानकारी दिने मिडिया सेन्टर शुरु गरिएको छ । माघ २२ गते प्रदेश सभा संचालनको एक बर्ष पुग्दै छ । एक बर्ष पुग्नु दुई दिन अगाडी संसद सचिवालयले मिडियो सेन्टर संचालनमा ल्याएको हो ।
साँगुरो बैठक कक्षका कारण पत्रकारहरुका लागि बैठक कक्षमा प्रायप्त सिट उपलब्द थिएनन् । बाहिर अडियो भिडियोको समेत व्यवस्था नहुदा संसदीय रिपोटिङका लागि असजिलो हुदैं आएको थियो ।
अव मिडिया सेन्टर शुरु भए पछि भने सहज हुने भएको छ ।

प्रदेश सभा हल बाहिर नै बसेर सञ्चारकर्मीलाई समाचार सङ्कलन गर्न सहयोग हुने उद्देश्यले सेन्टरको स्थापना गरिएको प्रदेश सभामुखको सचिवलायका सचिव गिरीराज अधिकारीले जानजकारी दिए ।

संसदीय गतिविधि जनताको बीचमा ल्याउन कठिनाइ भइरहेकाले व्यउवस्थित गर्न मिडिया सेन्टरको शुरु गरिएको संसद सचिवालयले जनाएको छ ।