रङ्गेली/ प्रदेश १ को प्रदेश सभाको आइतबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सांसदहरुले सहकार्यमा जोड दिएका छन् । बैठकमा नेपाली काग्रेसको संसदिय दलका नेता राजिव कोइरालाले सरकारसँग सहकार्य गर्ने तर पछिलग्गु नबन्ने बताए । प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्ष समेत बदनाम हुने अवस्थामा पुगेको जिकिर गरे ।
उनले प्रदेश सरकारको भनाइ र गराइ समेत नमिलेको भन्दै आलोचना गरेका थिए । उनले जनताले दुई तिहाइको सरकारबाट गरेको अपेक्षा अनुसारको काम हुन नसकेको जिकिर गरे । उनले सत्ता संघर्षको लागी मात्र शक्रमण रहेको भन्दै संक्रमण काल भनेर सरकारले पन्छन नमिल्ने बताए ।
उनले एक वर्षमा सरकारले गरेको कामको विवरण प्रस्तुत गर्नु पर्ने बताए । उनले अहिले संघियता कागजको नाउ जस्तो भएको बताए । कुन बेला ढुब्ने हो टुङगो छैन । प्रतिपक्षलाई परेको बेलामात्र सम्झने की अरुबेला पनि भन्दै संसदमा प्रश्न गरेका थिए ।
उनले प्रदेश योजना अयोगमा विज्ञता भएका व्यक्तिको अभाव भएर अधिकारकर्मीलाई उपध्यक्षमा नियुक्त गरिएको भन्दै प्रश्न गरेका थिए ।
बैठकमा नेकपा संसदिय दलका उपनेता टंक आङबोहाङले प्रदेश सरकारले बजे तर्जुमा गरे पनि कर्मचारी समायोजना, नयाँ अभ्यास, संघिय सरकारबाट हस्तान्तरण लगायतको कारणले बजेट कार्यान्वयनमा ढिलाई भएको बताए । उनले अबका दिनमा सत्ता पक्ष र प्रतिपक्षको रुपमा अगाडी बढन नहुने बताए ।
संघिय समाजवादी फोरम संसदिय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामाङकनको विषय टुङ्गो लागाएर पछि मात्र विकास र समृद्धिको बाटोमा अगाडी बढन सकिने बताए । उनले संसदिय समिति र मन्त्रि मण्डलाई पुर्णता दिनु पर्ने बताए ।
उनले सरकारले एक वर्षमा गरेको कामको विवरण ल्याएर जनतालाई जानकारी दिनु पर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्रपार्टी संसदीय दलका नेता इन्दीरा राईले राष्ट्रिय एकीकरणको संझनामा मनाई एकता दिवसको अवहेना भएको बताइन् । संघिय लोकतान्त्री राष्ट्रिय दलका नेता विष्णु तुम्बहाम्फेले ऐतिहासीक पहिचानको आधारमा प्रदेशको नाम टुङ्गो लागाउनु पर्ने बताइन् । माग सुनवाई नभए सम्म आन्दोलन जारी रहेने बताइन् ।
संसदको कार्य व्यवस्था परामर्श ससमितिको सदस्यमा नेकपा सांसद मोहन कुमार खड्काको स्थानमा सिता थेबेलाई सर्वसम्मत नियुक्त गरिएको छ ।
संसदिय समितिलाई पुर्णता दिनु पर्छ
प्रदेश १ को प्रदेश सभाका संसदिय समितिलाई प्रभावकारी कार्यान्वयनकोलागी पुर्णता दिनु पर्ने सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् ।
आइतबार हिउदे अधिवेसनको बैठक पछि संचारकर्मीहरु सँगको छलफलमा समितका सभापति चयन गर्ने र प्रदेशको नाम र राजधानीको विषयलाई औपचारीक रुपमा अगाडी बढाइने बताए । उनले सभापति चयनकोलागी गृहकार्य भइरहेको बताए ।
उनले प्रदेशको नाम र राजधानीको विषयलाई नियमावली संसोधन गरेर प्रक्रिया अगाडी बढाइने बताए । उनले यसै अधिवेसनको सुरुमै नियमावली परिवर्तन गराउन संससदबाट समिति नै बनाएर जानु पर्ने बताए ।
उनले संसदमा दर्ता भएका ४ वटा र समितिमा छलफल भइरहेका २ वटा विधेयक सहित ६ वटा विधेयक विजेनस रहेको बताए । त्यसका अलावा सरकारबाट ५÷६ वटा विधेयक आउने भएकोले हिउदे अधिवेसन संचालन गर्ने विजनेस पुग्ने उनले बताए ।
प्रदेशको नाम माग गर्दै धर्ना
आइतबारबाट सुरु भएको प्रदेश १ को हिउदे अधिवेसन सुरु भए सँगै किरात लिम्बुवान वा खम्बुवान नाम माग गर्दै संसद भवन अगाडि १ घण्टा धर्ना दिएका छन् । संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनको नेतृत्वमा धर्ना बसेका थिए ।
संसद भवन अगाडि धर्ना दिएका लिम्बुवान संगठन सम्बद्ध नेताहरुले ३ बजे शुरु भएको अधिवेशन लाई प्रभावित पार्नेगरी धर्ना दिएका थिए । बाक्लो सुरक्षा व्यवस्थाका विच प्रदेश समीतीको हिदे अधिवेशन संचालन भएको थियो ।
कार्यक्रममा सुनसरी , झापा र मोरङका विभिन्न स्थानबाट बाक्लो संख्यामा सो पर्टीका कार्यकर्ताको उपस्थिती रहेको थियो ।