भद्रपुर / सरकारविरुद्ध सदनबाट आन्दोलन गरिरहेको प्रमुख विपक्षी दल नेपाली काँङ्ग्रेसले देशभरको विरोध कार्यक्रम अन्तर्गत झापामा प्रर्दशन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल काँङ्ग्रेसले दुई तिहाइको भरमा सरकारले प्रमुख प्रतिपक्षी दलको आवाज सुनुवाइ नगरेको भन्दै काँङ्ग्रेसले सरकारको कार्यशैलीविरुद्ध जिल्लामा पनि सोमबार विरोध प्रदर्शन गरेको हो ।
झापाका विभिन्न क्षेत्रबाट आएका नेता तथा कार्यकर्ताले विद्युत् प्राधिकरण पूर्व विरोध सभा गरेका थिए केन्द्रीय सदस्य तथा प्रमुख सचेतक सरिता प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रसाईले सम्बोधन गरेकी थिइन् । । काँङ्ग्रेसका झापा अध्यक्ष उद्धव थापालगायतले विरोध सभा पछि सरकार विरुद्ध नारावाजी गर्दै जिल्ला प्रशासनको मुल गेटमा पुगेका थिए । वाक्लो गरि परिचालित सशस्त्र तथा जनपथ प्रहरीहरु परिचालन गरिएको थियो । प्रमुख नेताहरुलाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन भित्र जान दिएका थिए भने अन्यले गेटबाहिर ओली सरकारको विरुद्ध नाराबाजी गरेका थिए ।
टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । भद्रपुरमा रहेको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माणाधीन सभाहलको लागि विनियोजित बजेट निकासा नगरेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ । त्यसैगरी महङ्गी नियन्त्रण, बेरोजगारी समस्या समाधान, देशव्यापी रुपमा बढेको हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएकोलगायतको विषय पत्रमा उठान गरिएको छ ।

20190204_144724 20190204_141212