दमक/ दमक ९ स्थित सरस्वती माविकाे पुरानो भवनको पेटीमा दमकमा बन्ने भ्यू टावर, बिस्वकै अग्लो बुद्धको मुर्ती देखी लिएर दमकलाई कसरी स्मार्ट सिटी बनाउने भन्ने कुराको दृश्य देख्न सकिन्छ ।

अहिले देशका विभिन्न शहरहरुलाई नमुना शहर बनाउने भनेर राज्यले नै घोषणा गरेको छ । अनि कतिमय महत्वकाक्षी योजनाहरु पनि सार्वजनिक गरिएको छ । तर त्यस्ता योजनाहरुको वास्तविकता कहिले देख्न पाईने हो त्यो भने टुङ्गो छैन ।

त्यसैले विद्यार्थीहरुले भने नमुना शहर मात्र हैन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नु भएका बिभिन्न योजनाहरु जस्ताको तस्तै बनाईदिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा बिस्वकै अग्लो गौतम बुद्धको मुती निर्माण गर्ने भनेर घोषणा गरिएको छ । अनि यहि ठाउँमा भ्यू टावर र स्मार्ट सिटी लगायतका योजना समेत सार्वजनिक गरियो ।

तर काम भने केहि नभएपछि कतै प्रधानमन्त्री ज्यूले त्यो कुरा बिर्सनु पो भयो कि भनेर झापाका बिद्यार्थीले नमुना स्मार्ट सिटी, गौतम बुद्धको मुर्ती, भ्यू टावर लगायतका संचरना बनाएका छन् ।

करिब २५ जनाको विद्यार्थीको समुहले यो निर्माण गरेको हो । दमक ६ स्थित सुर्योदय माध्यमिक विद्यालयको विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले राज्यको सोच र योजना अनुरुपको विभिन्न संरचना बनाएका छन् । ‘यी कुराका वास्तविकता हाम्रो पालामा देख्न पाईने हो कि हैन तर राज्यले भनेको जस्तै संरचनाहरु हामीले बनाउने प्रयास गरेका हौ । ’ कक्षा ९ मा अध्यनरत दिपा यादवले भनिन् ।

गत माघ १७ गते प्रधामन्त्री केपी शर्मा ओलीले उद्धघाट गर्नु भएको दमकको बृहत बाल महोत्सवमा विद्यार्थीले बनाएका यस्ता अनेकन सिर्जना छन् । कतिपय विद्यार्थीले समाजको चरित्रलाई चित्र बनाएर चरितार्थ गरेका छन् भने कति पयले उपकरण नै बनाएका छन् ।

त्यसै गरि फोहोर बाट मोहोर बनाउने भन्ने कुरा पत्र-पत्रीकामा पढेकै भरमा अनि समाचार हेरेको र सुनेकै भरमा दमक ७ स्थित सिदार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरुले फोहोर व्यवस्थापन गर्ने उपाय महोत्सवमा प्रदर्शन गरेका छन् ।

यहाँ विभिन्न विद्यालयका विद्यार्थीहरुले फरक-फरक तरिकाका प्रस्तुतिहरु प्रस्तुत गरिरहेका छन् । प्रदेश स्तरिय वृहत बाल महोत्सवमा बालबालिका भित्र लुकेर रहेका प्रतिभा तथा कलाहरु प्रस्फुटन गराइएको छ ।

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल शुखी नेपाली अभियानमा बालबालिकाको समेत महत्वपूर्ण भूमिका हुने भएकोले दमक नगरपालिकाले वृहत बाल महोत्सव आयोजना गरेको जनाएको छ ।

बालबालिका भबिष्यका कर्णदार मात्र हैनन् उनीहरु बर्तमानको साझेदार पनि हुन भन्ने सोचले नगरले बालमैत्री स्थानीय सरकार हामी सबैको साझा सरोकार भन्ने मुल नारा सहित बृहत बाल महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक तथा नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले बताईन । माहेत्सव माघ २१ गते सम्म सञ्चालन हुने छ ।

प्रतिष्पर्धामा पनि आकर्षण
महोत्सवमा रहेका विभिन्न प्रतियोगीताहरुमा पनि विद्यार्थीहरुको आकर्षण उच्च देखिएको छ । चित्रकला प्रतियोगीता अन्तर्गत दैनिक विद्यार्थीहरुले प्रतिष्पर्धाकक्षमानै आएर चित्र बनाई रहेको संयोजक अभिशेक दाशले बताए ।

चित्रकलामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई आयोजक र महोत्सव आयोजनाको सहयोगी नेपाल टेलिकमले समेत पुरस्कृत गर्ने उनले जनाए । दैनिक रुपमा विद्यार्थीहरुले बनाएका चित्र प्रदर्शनीमा समेत राखिएको छ ।

यस्तै म्याथ ओलम्पियाड तर्फ पनि विद्यार्थीहरु चासो पूर्वक जानकारी लिने सहभागीता जनाउने क्रम रहेको संयोजक घनश्याम अधिकारीले बताएका छन् । यस्तै गायन, नृत्य,कविता, निवन्ध लगायतका प्रतिष्पर्धाहरुमा पनि विद्यार्थीहरुको रुची उच्च पाईएको छ ।