पथरी/ १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन् । शनिबार मोरङको कानेपोखरी-६, स्थीत जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
आगामी तीन वर्ष भित्र आवश्यक पूर्वधार सहित इन्टरनेटको पहुँचबाट सबै विद्यालयहरुलाई जोडेर आइटी शिक्षालाई प्रदेश भरीका विद्यालयमा लागु गर्ने बताएका छन् ।
देशमा नयाँ नेपाल निर्माणका लागी सक्षम र दक्षजनशक्ति उत्पादनका लागि गुणस्तरीय प्राविधिक शिक्षाको आबश्यक्ता पर्ने बताउँर्दै मन्त्रि राईले १ नम्बर प्रदेशमा गुणस्तरीय शिक्षाका लागि ऐन र नियम निर्माण पछि काम सुरु गरिएको बताएका छन् । योजनाबद्ध रुपमा शिक्षा क्षेत्रको विकासमा द्रुत गतिमा काम अघि बढाएको उनले बताए ।
१ नम्बर प्रदेशको विविधिता र मौलिकता जोगाउने शिक्षा नीति ल्याउने बताउँर्दै प्रदेश सरकारले प्रदेश भरी विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषना गर्ने नीतिका साथ अघि बढेको बताएका छन् ।
फरक प्रसंगमा मन्त्रि राईले यस क्षेत्रको सुकुम्बसी समस्याको समाधान नगरी सरकारले सुख नै नपाउने बताएका छन् । ऐन,नियम बनाएर कुनै हालतमा पनि समस्यको समधान गरेरै छाड्ने बताएका छन् । यस क्षेत्रको चिसाङ खोला र डाँस खोला तटबन्धन लगाएतको योजना सरकारले बुन्र्दै गरेको मन्त्रि राईले बताए ।
प्रदेश सरकारले प्रदेश भरीबाट १४ वटा विद्यालयलाई उत्कृष्ट विद्यालय घोषना गर्ने तयारी गरेको छ । १४ वटा विद्यालयमा जनसेवा माध्यामिक विद्यालय पनि पर्ने मन्त्रि राईले बताए । त्यसैगरी सामाजिक विकास मन्त्रि जीवन घिमिरे, वन मन्त्रि जगदिस प्रसाद कुसियत र सांसद सुयरमाराज राईले, कानेपोखरी गाउँपालिका अध्यक्ष तारबहादुर काफ्ले लगाएतले बोलेका थिए ।