पथरी/मोरङको कानेपोखरी गाउँपालिका-६,मा स्थापित जनसेवा माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले ‘तुलराम गुरुङ फाउण्डेसन’ स्थापना गरेको छ ।
विद्यालय ५० बर्ष पुगेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव-२०७५ वृहद मनाईरहेको अवसरमा पूर्व विद्यार्थीहरुले विभिन्न तरिकाबाट सहयोग गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गरेको हो ।
स्थापीत फाउण्डेसनले सामुदायीक विद्यालय प्रति आकर्षण बढाउँने, शैक्षिक गुणस्तर सुधार गर्ने कार्यमा कानेपोखरी गाउँपालिकाकै नेतृत्व जनसेवा माध्यामिक विद्यालयले लिने गरी अगाडी बढ्ने उद्देश्य लिएको छ ।
उक्त फाउण्डेसनमा अमेरीका र क्यानाडा बस्ने डा. रितु गुरुङ,डा.योगेन्द्र भट्टराई र देशराज संयोक,कल्याण अधिकारी,प्रेम बराल लगाएतले जम्मा ५ लाख रुपैया,पूर्व महान्याधिवक्ता हरि फुयलले १ लाख, काठ्माडौँ बस्ने सुरेन्द्र कार्कीले १ लाख, तिर्थबहादुर बस्नेतले ५०हजार रुपैया गरी जम्मा ७ लाख ५० हजार फाउण्डेसनमा जम्मा भैसकेको पूर्व विद्यार्थीहरुले जनाएको छ ।
फाउण्डेसनमा भूतपूर्व विद्यार्थीहरुले विविध प्रकारका स्मृतीमा रकमहरु राख्न सक्ने बताएका छन् । स्थापना हुन लागेको फाउण्डेसन संचालन गर्न विद्यालयका प्रधानाध्यापक संयोजकत्वमा दाताहरु मध्येबाट,व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि र जनसेवा एल्मुनाई एसोसिएसन सहितको समिति निर्माण तत्कालै गर्ने भएको छ ।
यस फाउण्डेसनले २५ लाख पुर्याउने उद्देश्य लिएकोछ ।