धरान / दुर्घटनालाई टारेर त नसकिएला तर यसलाई न्यूनीकरण गर्न सकिन्छ सकिन्छ भन्ने अठोटका साथ आज शिक्षा सन्देश स्कुल पानवारीले एक दिने जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालय, पानबारी प्रहरी चौकी, जिल्ला ट्राफिक कार्यलय र ध।ान उपमहानगरपालिका ६ नं. वार्डको सहकार्यमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।
ट्राफिक प्रहरीले कक्षा ७ र ८ का बिद्यार्थीहरुलाई ट्राफिक चिन्ह र नियमबारे प्रशिक्षणसमेत दिइएको थियो । विद्यार्थीहरुले सडकमा चालकलाई गाडी रोक्न लगाएर ट्राफिक नियमको पालना गर्नसमेत लगाएको विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक सुशिल बस्नेतले जानकारी दिए ।