धरान / किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन धरानमा शुरु भएको छ । देशविदेशका किरात समुदायहरु धरानमा आज भेला भएका छन् ।
‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं। प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने मूल नाराका साथ महाधिवेशन शुरु भएको छ । महाधिबेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईले गरेका छन् । महाधिबेशनको सफलताको शुभकामना दिनेक्रम जारी रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्रि राई, सभामुख प्रदिपकुमार भण्डारी, संघीय तथा प्रदेश सभाका सांसदहरुलगायतको उपस्थिति रहेको छ । अहिले बोल्ने क्रम जारी
१८, १९ र २० गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
महाधिवेशनमा १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता रहेको छ । देशभरिका २६ जिल्ला कार्य समिति, २८ भाषिक, थरगत संस्था, ८ भातृ सङ्गठन, ८ सम्बन्ध संस्था तथा भारत, हङकङ, बेलायत, अमेरिका, अष्टे«लिया, जापान, क्यानडा, दक्षिण कोरिया, वेल्जियम, युरोप, कतार, मेलेसिया, दुबई लगायत –१७ वटा विदेशका शाखाबाट प्रतिनिधि पर्यवेक्षकले सहभागिता रहेको केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिए ।
देश विदेशका किरात राईहरु धरानमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































