धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई बर्खास्त गर्न सिनेटले सिफारिस गरेर पूर्व उपकुलपतिले गरेको अनियमितालाई ढाकछोप गर्न खोजिएको भन्दैं प्रतिष्ठानको कर्मचारी कल्याण तर्दथ समितिले ध्यानाकर्षण गराएको छ ।
आइतबार पत्रकार सम्मेलन गरि पूर्व उपकुलपति प्राडा बीपी दासले ४ सय बेडको मात्रृशिशु भवन (एमसिएच) भवन निर्मााणमा आफ्नो कार्यकाल सकिन लाग्दा सिनेटबाट ७६ करोड मात्र बजेट स्वीकृत भएको योजनामा ठेक्का सवा २ अर्बमा लगाई मोटो कमिसन लिएको समितिले बताएको छ । सिनेटले स्वीकृत बजेट भन्दा कयौं गुण बढीमा ठेक्का दिएर उनले ठुलो कमिशन हात पारेको समितिका अध्यक्ष राजन कोइरालाले जानकारी दिए ।
प्राडा रौनियारलाई कारवाही गरेर बीपी दासलाई भने जोगाउने चलखेल भएको भन्दंै प्रधानमन्त्रिले निर्णय लिदा विवेक पु¥याएर लिन माग गरेका छन् ।
पत्रकार सम्मेलनमा हालका उपकुलपति मात्र होईन भवन निर्माणमा मुछिएका पूर्व उपकुलपति दासलाई समेत कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘रौनियारलाई कारवाही गर्दा हाम्रो आपति होइन । त्यो भन्दा ठूलो अनियमिता गर्नेहरुलाई चोख्याउने षड्यन्त्रको हाम्रो आपति हो ।’–कोइरालाले भने । रौनियारलाई बर्खास्त गर्नु अघि प्रधानमन्त्रिले डा. दासलाई पनि कारवाहीको दायरामा नल्याए यहाँका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिने समेत चेतावनी कोइरालाले दिएका छन् । बीपी प्रतिष्ठानलाई सुधार्न पात्र फेरे मात्र नहुने प्रवृति फेर्न सक्नु पर्ने उनीहरुको भनाई थियो ।