इनरुवा/ सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१ बजारमा ७० वर्षीय वृद्धको हत्या भएको अवस्थामा सोमबार साँझ शव फेला परेको छ । 
 
स्थानीय रतनलाल यादवको हत्या गरेको अवस्थामा उनको आफ्नै कोठामा शव फेला परेको हो । घरमा एक्लै रहेको अवस्थामा आइतबार रातिको समयमा यादवको हत्या गरेको हुन सक्ने सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । यादवको शरीरको विभिन्न भागमा चोट लागेको र पलङमा बाँधिएको अवस्थामा शव घरमै फेला परेको उनले बताए ।
 
शवको प्रकृति हेर्दा हत्या गरेको देखिने डिएसपी फुयाँलले जानकारी दिए । शव पोष्टमार्टमका लागि पठाइएकाले रिपोर्टपछि मात्रै थप कुरा खुल्ने उनले जानकारी दिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।