धरान विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बैंक तथा शैक्षिक संस्थासमेत बन्द भएका छन् । बैंकहरू पनि बन्द छ । 

बन्दले धरान बजारमा खासै असर देखिएको छैन, बजार क्षेत्रमा छोटो दुरीमा चल्ने साना सवारी साधन चलिरहेको छ भने बजार क्षेत्रका अधिकांस पसलहरू खुल्ला रहेका छन् । लामो दुरीमा चल्ने ठूला सवारीसाधनहरू भने चलेको छैन। पेट्रोल पम्पहरु, शैक्षिक संस्था, बैंक लगायतका कार्यालय बन्द छन् ।

धरानमा अरू दिन सरह सामान्य रूपमा नै रहेकाे र बन्दले धरानलाइ  खासै असर नगरेकाे इलाका प्रहरी कार्यलय धरानले  जानकारी गराएकाे छ ।