काठमाडौं । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ दी इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्टमोडल अफ दी इयर २०१९’ नामक सौन्दर्य प्रतियोगिता गर्ने भएको छ ।
मंगलबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै क्रियसनले दुई सौन्दर्य प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको जानकारी दिएको हो । मोडलिङ क्षेत्र रोजेर भविश्य उज्वल बनाउने सोचमा रहेका युवायुवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए ।
कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले अन्यभन्दा यी सौन्दर्य प्रतियोगिता केही भिन्न रहेकाले आफू जोडिएको बताए । कार्यक्रममा प्रतियोगिताको आवेदनसमेत खुल्ला गरिएको जानकारी दिइयो । १६ देखि ३० वर्षसम्मका जुनै समुदायका युवायुवतीले आवेदन भर्न सक्ने प्रतियोगितामा सहभागीका एसएलसी र न्युनतम ५ फिट उचाइ योग्यता तोकिएको छ ।
‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’ का लागि ८ चैत्रसम्म आवेदन दिई सक्नुपर्ने र पहिलो चरणको छनौट चैत्र ९ गते हुने र ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’ का लागि २२ चैत्रसम्म आवदेन दिनसक्ने र पहिलो चरणको छनौट चैत्र २३ गते हुने कार्यक्रममा जानकारी दिइयो ।

आवेदन फर्म एवान क्याफे नयाँ बजार, फूलबारी कम्प्लेक्स बौद्ध, क्लिफ क्याफे ललिटपुर महल, इलोक्ट्रनिक होल्ड कमल बिनायक, श्रीराम रेडियो टिभी पसल बनेपा, अर्किट ब्युटि पार्लर र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ ।