धरान/ आजदेखि सुरु भएको एसईईमा चर्चित अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी छिन् । करिश्माले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मा. वि. परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिँदैछिन् ।

अभिनेत्री करिश्मा मैतीदेवीस्थित त्रिवेणी माविकी विद्यार्थी हुन् ।  कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् ।

उनी विद्यालय पोशाकमा आइतबार बिहान परीक्षा केन्द्र विजय स्कमारक स्कुल पुग्दा उनको तस्बिर लिन र उनीसँग कुरा गर्न सञ्चारकर्मीहरूको भीड लागेको थियो। उनलाई हेरेर अनौठो मान्नेहरु पनि त्यत्तिकै थिए । आफैं सवारी कार चलाएर एक सहयोगीकासाथ करिश्मा परीक्षा दिन आएकी थिइन् ।