गायिका प्रमिला तामाङ र सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक रमणको शब्द तथा सङ्गीत छ ।
सनसाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पाले अभिनय गरेका छन् । नारायण लामाको निर्देशन रहेको गीतको भिडियोमा सुमन तामाङको कोरियोग्राफी छ । कोरियोग्राफर तामाङले नै भिडियोको सम्पादन पनि गरेका हुन् ।