इटहरी / इटहरीमा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधीका लागी धरान उपमहानगरपालिका र रामधुनी नगरपालिका प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बराहक्षेत्र नगरपालिकालाइ १–० गोल अन्तरले पराजित गर्दै धरान उपाधी नजिक पुगेको हो ।
रामधुनी नगरपालिका यस अघि बुधबार दुहबी नगरपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । अब उपाधीका लागी रामधुनी र धरानबिचको खेल शुक्रबार हुने छ । बिहिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धरानका लागी मिलन राईले खेलको २६ औ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मैदानमा मिलन राई चम्किदा धरान फाइलनमा पुगेको हो ।
बिहिबारको खेलको म्यानअफ द म्याच पराजित टिम बराहक्षेत्रका अनिल धामी घोषित भए ।