इटहरी / इटहरीमा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधी रामधुनी नगरपालिकाले जितेको छ । इटहरी रंगशालामा भएको खेलमा धरान उपमहानगरपालिकालाई ३–१ गोल अन्तरले पराजितगर्दै रामधुनी नगरपालिकाले पहिलो मेयरकप फुटबल प्रतियोगीताको उपाधी जितेको हो ।
प्रतियोगितामा रामधुनीका तर्फवाट अर्जुन लिम्वूले २ र संदिप लिम्वूले १ गोल गरे । धरानका तर्फवाट खेलको अन्त्यमा मनोज राईले १ गोल फर्काए । दुहवीलाई पराजित गर्दै रामधुनी फाइनलमाप्रवेश गरेको थियो । धरान बराहक्षेत्र नगरपालिकालाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
खेलको म्यान अफ द म्याच रामधुनीका अन्जन लिम्वू र म्यानअफ द सिरिज संदीप लिम्वू घोषित भए । बिजेता रामधुनी नगरपालिकाले नगद १ लाखप्राप्त गरेको छ । उपबिजेता धरानले नगद ५० हजार जितेको छ ।उपप्रमुख लक्ष्मी गौतमले पुरस्कार एवं सिल्ड प्रदान गरिन । सुनसरी जिल्लाक ापालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।