पथरी/ युवा पुस्ताका माझ उदाएका चर्चित र्यापर आसिष राना ‘लाउरे’ र समिर घिसिङ ‘भिटेन’ले मोरङको पथरीमा प्रस्तुति दिने भएका छन् ।
नयाँ वर्षको अवसरमा वैशाख ६ गते पथरी रंगशालामा हुने लाईभ म्युजिकल कन्सर्टमा लाउरे र भिटेनसँगै गायक उत्तम थापा, रविन कन्दङ्वा लगायतको पनि प्रस्तुती रहने आयोजक पेस लामा इन्टरनेश्नल प्रालिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
कन्सर्टबाट सङ्कलित रकमको केही प्रतिशत नेपाल मगर संघ नगरको सांस्कृतिक भवन निर्माणमा,नेपाल तामाङ घेदुङ सङ्घ नगरको भवन निर्माणमा, सुनाखरी युवा क्लब र एलाई फाउण्डेसन संस्थालाई सहयोग गर्ने प्रालिका म्यानेजिङ डाइरेक्टर अनुप योञ्जनले बताए ।