धनकुटा । शक्तिपिक म्यूजिक फेष्टिभल प्रा.लि.काठमाण्डौले गैह्र कानुनी ढंगले टिएमजे क्षेत्रमा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले सांगितिक महोत्सव आयोजक संस्थाले स्थानिय प्रशासनसंग अनुमति नलिई जवर्जस्ती ढंगले कार्यक्रम आयोजना गर्न लागेकोले रोक लगाउनु परेको वताए ।
अधिकारीले कार्यक्रम सम्पन्न गर्नको लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको तर स्थानिय प्रशासनको तर्फवाट अनुमति नै नलिई जवर्जस्ती कार्यक्रम आयोजना गर्न खोजिएकाले रोक लगाइएको बताए । राज्यसंग अनुमती नलिई गह्रै कानुनी र जवर्जस्ती ढंगले कार्यक्रम आयोजना गर्न खोज्ने शक्तिपिक म्यूजिक फेस्टीभलका अध्यक्ष सुवास केसीलाई सनिवार साँझ पक्राउ गरि आवश्याक सोधपुछ र कानुनी प्रक्रियाको लागी ल्याइएको प्रजिअ अधिकारीले बताएका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटा मार्फत हिलेवाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय संखुवासभा ल्याइएको डिएसपी खेम सारु मगरले बताए । उनले केसीलाई धनकुटाबाट संखुवासभा झिकाएर आवश्याक सोधपुछ र अनुशन्धान भैरहेको बताएका छन् ।
संखुवासभा र तेह्रथुम जिल्लाको संगम स्थल मादी नगरपालिका वडा नं.१ स्थित् चौकीमा शुक्रवार देखी शुरु हुने भनिएको ७ दिने अन्तराष्ट्रिय सांगितिक महोत्सवमा सहभागी हुन आएका पर्यटकहरु स्थानिय प्रशासनको कारण नभै आयोजक संस्थाको कारण अल्पत्र परेको प्रजिअ अधिकारीले बताए ।
उनले घुम्नको लागी पाउने तर पर्यटक भएर घुम्ने नाममा लागु औषध प्रयोग गर्ने, ट्रान्स पार्टीसंगै सेक्स गर्ने जस्ता गतिविधि नेपाली समाजका लागी अपाच्य हुने भएकाले गृह मन्त्रालयको निर्देशनमा रोक लगाइएको स्पष्ट पारेका छन् । यता धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले कार्यक्रम आयोजक संस्थाले गृह मन्त्रालयमा अनुमती लिएको दावी गरेपनि गलत भएको बताए ।
यो भन्दा पहिले पनि पोखरा र बन्दीपुरमा यस्तो खाल्को कार्यक्रम गर्न अनुमती माग्दा गृह मन्त्रालयले नदिएको प्रजिअ कार्कीले खुलाए । उनले संखुवासभा जिल्लामा सर्वदलिय सहमतीवाट कार्यक्रमको लागी रोक लगाइ सकिएकाले पर्यटक फर्काउनु परेको स्पष्ट पारेका छन् ।
आयोजक संस्थाले कोशी पहाडी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संखुवासभा र तेह्रथुमको सिमनामा पर्ने चौकी, मंगलवारे र गुफामा रहेको १ सय ५० होम स्टे वुक गरेको थियो । कार्यक्रममा सहभागी हुने हरेक पर्यटकलाई जनही २ हजार को दरले होम स्टेमा ५ दिनको लागी खाने वस्ने वुक गरेर ३ सय वाह्य पर्यटकलाई व्यावस्थापन गरेको मादी नगरपािलका वडा नं.९ का वडाध्यक्ष पासाङ्ग शेर्पाले बताए ।
उनले कार्यक्रम स्थलमा १ महिना देखी फ्रान्सवाट आएका ७ जना कलाकारहरुले काम गरिहेको बताउँदै स्थानिय व्यवस्थापन र ट्राभलकष्ट सहित २५ लाख भन्दा बढी खर्च भैसकेको बताए । विदेशी पर्यटक तथा कलाकारहरुको लागी भनेर तयार गरिएको १५ सय पाकेट व्रेड, १ हजार केजी भन्दा वढी मासु, २ सय केजी टमाटर, प्याज लगायतका खाद्य वस्तु कुहिएको बताएका छन् ।
शेर्पाले विश्वका ७२ देशका डिजे कलाकारहरु, गायन, संगित र नृत्य गरी १ सय जनाले फोरेष्ट लाईभ कन्सर्टमा आ–आफ्नो प्रश्तुती दिने कार्यक्रम रहेको र ८० देशका पर्यटकले अवलोकन गर्ने तयारी रहेको बताए । उनले सो अवसरमा अन्तराष्ट्रिय पर्यटकहरुलाई नेचर क्याम्पिङ्ग, नेचर मेडिटेशन, योगा र हिलिङ्गमा समेतको प्रतक्ष्यरुपमा सहभागि गराईने कार्यक्रम रहेको बताए ।
उनले स्वदेशी तथा विदेशी पर्यटक मार्फत स्थानिय पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शक्ति पिक नेपालले कार्यक्रम आयोजना गरेको भए पनि सफल नभएको वताए । यता कायृक्रम हुने आशामा धनकुटाको हिलेमा बसिरहेका ३ सय वढी पर्यटकहरु मध्ये १ सय भन्दा वढी विदेशी पर्यटक काठमाण्डौै फर्किसेकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुरज खड्काले बताए ।
केही पर्यटकले भने कार्यक्रम स्थल संखुवासभाको मादी चौकीमा नपुगी नफर्कने अडानमा हिलेमै टेन्ट टाँगेर बसिरहेका छन् । आफुहरुलाई खाने वस्ने लगायतको समस्या श्रृजना भैरहेको वंगलादेशवाट आएका संगितकार डा.सहिद मोहमद अरिफले बताए ।
केसीले अआफु बाच्न कि कार्यक्रम गर्न दिनु पर्ने कि आफुलाई पक्राउ गर्नु भन्दा अरु विकल्प नभएको बताउदैं आएका थिए । उनले पर्यटकहरुसँग जनही पैसा उठाएका थिए । प्रशासनले कार्यक्रम गर्न नदिएर केशीलाई पक्राउ गरि बचाए पनि पैसा खर्च गरि सकेका ३ सय पर्यटकहरुले प्रदेश १ मा भएको गैरजिम्मेवार कामले फेरी ती पर्यटक नेपाल फर्केर आउदैंनन् । उनीहरुले आफन्त, परिवारसँगै आफ्ना देशका नागरिकलाई प्रदेश नं. १ मा भएको गैरजिम्मेवार कामबारे जानकारी गराउदा भविष्यमा पर्यटक नआउने सम्भावना बढेको छ । आयोजक र स्थानीय प्रशासनको कमजोरीले हजारौं पर्यटकले नेपालको पूर्वी क्षेत्रको बद्नाम गर्ने स्थानीयले बताए ।