Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • आठौँ खेलकूदलाई गर्मीको चुनौती, खेलाडीलाई सेकुवा

आठौँ खेलकूदलाई गर्मीको चुनौती, खेलाडीलाई सेकुवा

alt
  • चैत २६, २०७५
  • काशीराम शर्मा 
 
बाँके / पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ । प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ ।
तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको छ । विशेषगरी बाँके, बर्दिया र दाङमा गर्मी अलि ज्यादा नै हुन्छ । “गर्मीले गर्दा खेलाडी प्रतियोगितामा सहभागी हुन चासो देखाउँदैनन् । गर्मीले अभ्यास गर्न कठिनाइ हुने त भइहाल्यो, त्यो भन्दा पनि खेलस्थलमा हुने अत्यधिक गर्मीको बेला राष्ट्रिय प्रतियोगिता गरिएको छ । यसले खेलाडीलाई निकै चुनौती छ”, सातौँमा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक विजेता विश्वरुपा बुढाले भने ।
 
प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हासिल गर्नुपर्ने बुढाको भनाइ छ । उनले भने, “गर्मी नै भए पनि आठौँमा प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।” वैशाख ५ गते उद्घाटन हुने भए पनि चैत २७ गतेदेखि नै प्रतियोगिताका खेल शुरु हुनेछन् । “खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्न सक्नुपर्छ”, एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले भने, “गर्मीमा केही चुनौती आउन सक्छन्, तर गर्मीले असर नै गर्छ भन्ने होइन । आयोजकले पनि त्यसको व्यवस्थापन गरिरहेको हुन्छ ।” प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्ने भएकाले मौसमानुसार खेल प्रभावित नहुने उनले बताए । नेपाली खेलकूदको कुम्भमेला मानिने राष्ट्रिय खेलकूदलाई सफल बनाउन आफूहरु केन्द्रित रहेको खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताए । “खेलकूदका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ”, प्रदेश नं ५ का अध्यक्ष वलीले भने, “हामीले यहाँ भएको स्रोतसाधनलाई अत्यधिक परिचालन गरेर आठौँलाई भव्य र सभ्य बनाउने अभियानमा छौँ ।”
 
पाँच हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा
प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी पाँच हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । सो खेलकूद भव्य रुपमा सफल बनाउन ६४० प्रशिक्षक र ४६१ टिम व्यवस्थापकलाई भ्याइनभ्याई छ । खेलकूदका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले सात हजार पाउनेछन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।
 
प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते उद्घाटन र वैशाख ११ गते समापन हुनेछ । प्रतियोगिताअन्तर्गत कूल ३५ खेलमध्ये बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लििङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।
यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्टटेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।
 
खेलाडीलाई सेकुवा
नेपालगञ्जको पहिचान र विशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र २०० वर्ष पुरानो शहर हो नेपालगञ्ज । सामाजिक र धार्मिक सद्भावको सफल उदाहरण पनि हो नेपालगञ्ज ।  नेपालगञ्ज बागेश्वरी मन्दिर, नेपालकै एक मात्र जुङ्गे महादेवको मूर्ति, गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको शहर हो । नेपालगञ्ज नेपालमै नहुने मौसम बोकेको शहर पनि हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको शहरका रुपमा चिनिन्छ नेपालगञ्ज । यतिले मात्र नेपालगञ्जको पहिचान र विशेषता पूरा हुँदैन । नेपालगञ्जको अर्को विशेषता परिकारको पनि हो ।
 
नेपालगञ्जलाई स्मरणीय बनाउने यहाँ आधा दर्जन परिकार छन् । नेपालगञ्जको रावडी, लस्सी, मुवारकको वीरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा परोठा, पान, पानीपुरी, मट्का दहीका साथै नेपालगञ्जको अर्को परिचित परिकार हो ‘सेकुवा’ । त्यसैले त नेपालगञ्ज आउनेहरु सेकुवाको स्वाद नलिने विरलै हुन्छन् । यसले नेपालगञ्जको पहिचान झल्काउँछ । नेपालगञ्जको अतिव्यस्त धम्बोझीचोक किनारामा हाम्रो मःम रेष्टुरेन्ट छ । हाम्रो मःम सेकुवा घरमा २६ वर्षदेखिका कर्मचारी अझै सेकुवा पोल्छन् । विपीचोकको गण्डकी रेष्टुरेन्टले करीब २५ वर्षदेखि सेकुवा बिक्री गर्दै आएको छ । नेपालगञ्जका यी सेकुवा घरमा सर्वसाधाण मात्र नभई उच्चतहका व्यक्ति पनि पुग्ने गरेको सञ्चालक सरस्वती मल्ल बताइन । उनी भन्छिन “देशभरका खेलाडीको जमघट हुँदैछ भनेर सेकुवाका लागि चाहिने आवश्यक सामान पहिले नै जोहो गरेका छौँ । आठौँका पाहुना हाम्रा पनि पाहुना हुन् । हामीले पनि सेकुवासँगै न्यानो स्वागत सत्कार दिने तयारीमा छौँ ।” सेकुवा नेपालगञ्जको खास विशेषता बनिसकेको छ ।
 
नेपालगञ्जका धम्वोझी र विपीचोक सेकुवाका लागि प्रसिद्ध स्थान हुन् । यहाँ करीब दुई दर्जनको हाराहारीमा सेकुवा घर छन् । सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगञ्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन् । नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ ।
 
सिङ्गारिँदै नेपालगञ्ज
आठौँ राष्ट्रिय खेलकूदलाई लक्षित गरेर नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई सिङ्गारिँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले आठौँ राष्ट्रिय खेलकूदलाई गौरवको महोत्सवको रुपमा लिएर शहरलाई झकिझकाउ बनाउन शुरु गरेको छ ।
 
स्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिले पनि बजारलाई सिङ्गार्न शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले नेपालगञ्जलाई केन्द्र बनाएर हुने आठौँमा बाहिरबाट आउने पाहुनालाई यहाँको पहिचान झल्काउने, स्वागत र सत्कार गरिने बताए । यहाँ क्रियाशील अन्य सङ्घसंस्थाले पनि नगरका विभिन्न भागमा स्वागतद्वार राख्ने तयारी गरिरहेका छन् । विभिन्न सङ्घसंस्थासँग पनि समन्वय भइरहेको प्रदेश खेलकूद विकास समितिका अध्यक्ष वलीले बताए । उनले नेपालगञ्जमा २० देखि ३० स्वागतद्वार राख्ने तयारी भएको जानकारी दिए । यसमा नेपालगञ्ज उपमहानरपालिकाले पाँच स्वागतद्वार आफैँ बनाउनेछ । स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वार राख्ने तयारी गरिसकेका छन् । आ–आफ्नाागतद्वार आफैँ बनाउनेछ । स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वार राख्ने तयारी गरिसकेका छन् ।
सम्बन्धित समाचार
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति

तेलअभिभ । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले अघि सारेको प्रस्ता ...

लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन

वराहक्षेत्र । सरोकारवालाको गैरजिम्मेवारीको नमुना वराहक्षेत्र नगरपालिका–२ पु ...

औद्योगिक प्रदूषणले खेत सखाप

विराटनगर । विराटनगर–इटहरी सडक–खण्डअन्र्तगत पर्ने मोरङ बूढीगङ्गा गाउँपालिका– ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
इन्फ्लुएन्जा (फ्लू)बारे अभिभावकले जान्नैपर्ने कुरा
साउन १९, २०८३
ग्रीस र अमेरिकामा डढेलोको कहर, हजारौं विस्थापित
साउन १९, २०८३
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा
साउन १८, २०८३
डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा
साउन १८, २०८३
चोरीमा संलग्न तीन जना पक्राउ
साउन १८, २०८३
हरिनगर गाउँपालिकाद्वारा क्षतिको विवरण पेश गर्न अनुरोध
साउन १८, २०८३
बादल अभिनित ‘एकोहोरो माया’ को म्युजिक भिडियो सार्वजनिक
साउन १८, २०८३
भाइको रिसइबीले दाजुमाथि खुकुरी प्रहार, एक पक्राउ
साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
इन्फ्लुएन्जा (फ्लू)बारे अभिभावकले जान्नैपर्ने कुरा
साउन १९, २०८३
ग्रीस र अमेरिकामा डढेलोको कहर, हजारौं विस्थापित
साउन १९, २०८३
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा
साउन १८, २०८३
डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा
साउन १८, २०८३
चोरीमा संलग्न तीन जना पक्राउ
साउन १८, २०८३
हरिनगर गाउँपालिकाद्वारा क्षतिको विवरण पेश गर्न अनुरोध
साउन १८, २०८३
बादल अभिनित ‘एकोहोरो माया’ को म्युजिक भिडियो सार्वजनिक
साउन १८, २०८३
भाइको रिसइबीले दाजुमाथि खुकुरी प्रहार, एक पक्राउ
साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क