देउराली । धरान उपमहानगरपालिकाको ८ नम्बर वडामा पर्ने चारकोशे जङ्गल भित्र रहेको पानी ट्याङकी स्थीत कोशी राजमार्गमा कार दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

धरान बाट इटहरी तर्फ जादै जादै गरेको बा २० च ४०७६ नम्बरको कारले सोहि दिशा भएर जादैगरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर लाई ओभरटेक गर्ने क्रम्म ट्याक्टरको चक्कमा ठक्कर दिदा ट्याक्टर अनियन्त्रीत भई बाया साईटको नालीमा पल्टेको र ट्याक्टरलाई ठक्कर दिएपछि कार अनियन्त्रीत भई पुनः खनार बाट धरान आउदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठक्कर खाई दुर्घटना भएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा कारमा सवार इटहरी उपमहानगरपालिकाका ४ बस्ने बर्ष अन्दाजी २५/३० का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका ४, धनकुटाका बर्ष अन्दाजी २७ का जनक बुढाथोकी र बर्ष इटहरीकै अन्दाजी २८ का मदन लिम्बु रहेका छन् उनीहरु तिनैजनाको धरान स्थपत वीपी कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान (घोपा)मा उपचारकोक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

त्यस्तै घाइते हुनेहरुमा कार चालक मोरङका सुनदरहरैचो नगरपालिका ४ बस्ने बर्ष अन्दाजी ४५का गोबिन्द बस्नेत, ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ बस्ने बर्ष २२ को दिल कुमार राजवंशी, मोरङ रंगेली २ बस्ने बर्ष १७ को बिनोद कार्की, भद्रपुर ८ बस्ने बर्ष २२ को कृष्ण राजवंशी, बसमा सवार धरान १८ बस्ने बस्ने बर्ष ३० की चन्द्रा राई, धरान ११ बस्ने बर्ष २२ की प्रभा राई, धरान १७ बस्ने बर्ष ३० की सुक्रीकला राई, धरान १७ बस्ने बर्ष ३४ की सारदा राई र बर्ष ३५ की पबित्रा बिष्ट रहेको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

कार चालक गोबिन्द बस्नेत गभीर घाइते भएका छन् भने अरु सामान्य घाइते भउका छन् । उनिहरुको प्रतिष्ठानमा उपचार भइरहेका छ ।

दुर्घटना भएका तिन ओटै सवारी साधान र अस्थाई प्रहरी पोष्ट तिनकुनेको नियन्त्रणमा राखिएको छ ।

ट्राक्टर चालक झापा गारामनी २ बस्ने बर्ष ३३ को राम कुमार चौधरी र बस चालक सुनसरी रामधुनी ५ सुनसरी बस्ने बर्ष ४० को धर्म बहादुर कटुवाललाई नियन्त्रणमा राखी अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।