धरान/ गायकका रुपमा परिचय बनाएका कञ्चन थलङ लिम्बू पछिल्लो समय नायकका रुपमा पनि चिनिन्छन् ।
पहिलो ‘लिम्बुवान आईडल’ विजेता कञ्चन लिम्बुवान आईडल जीतेपछि एल्बम निकालेर देश विदेशमा पुगेर गीत सुनाए । सुरुमा गायनमा सक्रिय उनी त्यसपछि भिडियोमा मोडलिङ गर्न थाले ।
उनले मोडलिङ गरेका झन्डै एक दर्जन भिडियो आईसकेका छन् । धरानमा बसेर संगीतमा संघर्ष गरेका कञ्चन अहिले काठमाडौंमा संघर्ष गरिरहेका छन् । उनले केही गीतका भिडियो निर्देशन पनि गरेका छन् ।
पछिल्लो समय उनी खगेन्द्र पन्धाक लिम्बू निर्देशित मौलिक कथामा आधारित फिल्म ‘थात्थलो’का नायक बनेका छन् । साथीभाईको करले मोडल, नायक र निर्देशक बनेपनि आफु गायनलाई नै निरन्तरता दिने बताउँछन् कञ्चन ।
ताप्लेजुङका कञ्चनले लिम्बुवान आईडल बनेपछि धरान, काठमाण्डौ, पूर्वका विभिन्न जिल्लादेखि हङकङसम्म आफ्ना गीत प्रस्तुत गरिसकेका छन् । भन्छन् ‘म सानैदेखि गायक बन्न चाहान्थें, यसैलाई निरन्तरता दिन्छु, मौका पर्दा अभिनय र निर्देशनपनि गर्छु ।’