Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो

( (रासस-एएफपी) वैशाख ९, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो
 
कोलम्बो/श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ ।
 
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । शोकमा डुबेको श्रीलङ्कामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन । र कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।
 
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट जनधनको ठूलो क्षति भएको बताएका छन् । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । दश दिन अगाबै चेतावनी दिइएको थियो श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए ।
 
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए । “एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ । एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो ।
 
यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको पूर्व सूचना पाएर पनि सुरक्षा निकायले पर्याप्त सतर्कता अपनाउन नसकेकामा सुरक्षा निकायको आलोचना गर्नुभएको छ । तर उहाँले अहिले सरकारको पहिलो दायित्व मृतक र घाइतेको उचित व्यवस्थापन तथा शान्ति सुरक्षाको प्रबन्ध रहेको बताए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
कार्तिक २, २०८३
नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
कार्तिक २, २०८३
सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  2. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  3. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  4. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  5. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  6. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  7. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  8. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  9. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  10. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  11. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  12. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  13. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  14. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  15. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड