गायिका आस्था राउतले आयोजकले आफूलाई ठगेको भन्दै फेसबुकमा आक्रोस पोखेकी छन् ।
 
उनले शुरुमै पैसा नलिई कार्यक्रममा जाँदा ठगिएको भन्दै अग्रिम पारिश्रमिक नलिई कार्यक्रममा नजानेसमेत जनाएकी छन् । ‘केही राम्रा आयोजक पनि ठगको सूचीमा पर्नेछन् ।
 
म नाम सार्वजनिक गर्नका लागि अगाडि बढिसकेँ’ उनले स्टाटसमा लेखेकी छन्, ‘धेरैले ठगेको र पूरै पैसा अहिलेसम्म नदिएकैले अबदेखिका कार्यक्रममा अग्रिम पारिश्रमिक लिने नत्र कुनै कार्यक्रममा नजाने निर्णयमा पुगियो ।’
 
आस्थाले पारिश्रमिक नदिने, फोन नउठाउने र फेसबुकमा अनफ्रेण्ड गर्ने त्यस्ता आयोजकलाई ‘चोर’ सम्म भनेर आक्रोस पोखेकी छन् तर कसले ठग्यो भन्ने उल्लेख भने गरेकी छैनन् ।