लक्ष्मीमार्ग । बेलबारीको एक सामुदायिक बिद्यालयमा ७ जना शिक्षकले एकै समयमा बिद्यालयवाट अवकास भएपछि पठन पाठनमा समस्या भएको छ ।
धिरनाथ सम्फुल विश्वास माध्यमिक बिद्यालय बेलबारी १० का ६ जना अस्थाई शिक्षकहरु शिक्षा सेवा आयोगले लिएको परिक्षामा अनुर्तिण भएपछि उनिहरु फागुन मसान्त देखी स्वत अवकास भएका थिए । यस्तै बिद्यलायका शिक्षक भिम वहादुर बिष्टले राजिनामा दिए पछि एकै साथ सात जना शिक्षकले पठन पाठन गर्ने विषय खालि भएको छ ।
कक्षा १२ सम्मको अध्यायन हुने उक्त बिद्यालयमा निम्न माध्यमिक तहका ३ जना र प्राथमिक तहका ३ जना शिक्षकले अस्थाई परिक्षामा अनुतिर्ण भएका थिए । निम्न माध्यमिक तहका केशव प्रसाद आचार्य, भोला नाथ खतिवडा,प्रदिप राजवंशी तथा प्राथमिक तहका हेम लक्ष्मी श्रेष्ठ,सुसिल कुमारी राजवंशी, तिर्थलाल राजवंशी परिक्षामा अनुतिर्ण भएपछि बिद्यालयमा पठन पाठन गर्न समस्या भएको प्रध्यानाध्यापक पुर्ण कोईरालाले बताए । करिव ७ सय विद्यार्थी रहेको यस बिद्यालयमा १ कक्षा देखी ४ सम्म अनी कक्षा ७, ८ र ९ मा छुट्टै अंग्रेजी माध्यम बाट पनि पढाई भइरहेको छ तर शिक्षक अभावले शैक्षिक व्यवस्थापनमा समस्या भएको छ ।
“नयाँ शिक्षक राख्न नगरले हाल सम्म सिफारीस दिएको छैन, नगरले सिफारिस दिएपछि मात्र शिक्षा विकास तथा समन्वय इकाई बिराटनगरले अनुमति दिन्छ” प्रधानाध्यापक कोइरालाले बताए । बेलवारी नगरपालीकाका मेयर ज्ञानेन्द्र सुवेदिका अनुसार ‘केन्द्रिय सरकारको नितिगत कुराको अन्यौलताले गर्दा समस्या भएको’ बताए । “अस्थायी करार शिक्षक स्थानीय सरकारले राख्न पाउनुपर्ने हो तर केन्द्रिय सरकारले न स्थानीयलाई अनुमती दिएको छ नतः केन्द्रले शिक्षक नै पठाएको छ” मेयर सुबेदिले बताए ।
शिक्षक हट्नु भन्दा पहिले नै केन्द्रिय सरकारले नयाँ शिक्षकको व्यवस्थापन गर्न सक्नुप¥थ्यो । राज्यको लापर्वाहिले गर्दा बेलवारीको धिरनाथ संफुल माबि जस्तै थुप्रै सामुदायीक बिद्यालयमा पठन पाठनमा समस्या भएको छ । हाल ४ जना निम्न माध्यमिक, ५ जना प्राथमिक, ५ जना माध्यमिक र २ जना उच्च शिक्षा अध्यन गर्ने शिक्षकहरु रहेका छन । नँया शैक्षिक कार्यविधि अनुसार आधारभुत बिद्यालयमा ९ जना र माध्यमिक बिद्यालयमा ७ जना शिक्षक रहेका छन । ७ जनाले छाड्नु अघि आधारभुतमा १६ जना शिक्षक रहेका थिए ।