धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालका वडा नं. २ जोरपाटी वजारमा रहेको एक निजि विद्यालयले सरकारी जग्गा हडपेर मापदण्ड विपरित भवन निर्माण गरिहेको पाइएको छ ।
विद्यालयले १ महिना अघिदेखी सरकारी मापदण्ड विपरित नक्सा पास नगरी सरकारी जग्गा मिचेर जर्वजस्ती भवन निर्माण गरिहँदा छथरजोरपाटी गाउँपालिका कार्यालय भने मुकदर्शक वनेको छ ।
छथरजोरपाटी गाउँपालिकाको सदरमुकाम जोरपाटी वजारमा रहेको सेतोगुराँस इङ्गलिस सेकेण्डरी वोर्डिङ्ग स्कुलले गाउँपालिका भवन देखी १ सय ५० मिटर अगाडी रहेको सरकारी जग्गामा भवन निर्माण गरेको हो ।
गाउँपालिकाले हरेक वर्ष खुल्ला कार्यक्रमहरु वार्षिक उत्सवलगायतको औपचारिक कार्यक्रमहरु सोही स्थानमा गर्ने गरेको थियो भने गाउँपालिका स्तरिय भलिवल प्रतियोगिता पनि सोही स्थानमा संचालन गर्दै आईरहेको छ । सरकारी जग्गामा विद्यालयलको भवन निर्माण भैरहेको विषयमा ब्लाष्ट अवरले सेतोगुराँस ईङ्गलिस सेकेण्डरी वोर्डिङ्ग स्कुलका संस्थापक यज्ञप्रसाद ओझासंग सम्पर्क गर्दा भवनको नक्सा पास नगरी वनाएको स्वीकार गरेका छन् ।
ओझाले विद्यालयको भवन वनिरहेको जग्गा सरकारी जग्गा भएको पनि स्वीकारे । “हामीले व्याक्तिको घर वनाएका होईनौं, विद्यालय वनाएका हौं, गाउँपालिकाले भवन वनाउन रोक्छ भने विद्यालय नै जिम्मा लगाई दिन्छौं ।” –उनको भनाई थियो ।
यता छथरजोरपाटी गाउँपालिका २ नम्वर वडा कार्यालयले भने आफ्नो वडा भित्रको सरकारी जग्गामा ऐन कानन् र मापदण्ड विपरित निजि विद्यालय भवन निर्माण भएको भन्दै तत्काल रोक्न परिपत्र गरेको जनाएको छ । सरकारी जग्गामा रहेको खेलमैदानको विचमा डोजर लगाएर घडेरी खारेर विद्यलाय भवन वनाउन थालेको जनगुनासो आएपछि विद्यालयलाई वडाले परिपत्र जारी गरेको वडाध्यक्ष कृष्णकुमार मगरले जानकारी दिए ।
उनले गएको चैत्र २९ गते वडा कार्यालयको तर्फवाट विद्यालयलाई तत्काल मापदण्ड विपरित गह्रै कानुनी ढंगले सरकारी जग्गामा निर्माण कार्य थालिएको ४ कोठे भवनको काम तत्काल रोक्न भनिएको थियो । तर २ नम्वर वडा कार्यालयको पत्रलाई वेवास्था गर्दै विद्यालय प्रशासनले भने हालसम्म टाईविम लेवलसम्म भवन निर्माण गरि सकेको छ । वडाध्यक्ष कृष्णकुमार मगरले गाउँपालिकाको वैठकमा सरकारी जग्गामा निजि विद्यालयको भवन निर्माण भैरहेको भन्ने विषयमा कुरा उठे पनि कार्यान्वयन नभएको गुनासो गरे । आफुले गाउँपालिका कार्यालयको तर्फवाट वडा नं.२ ले विद्यालयलाई भवन निर्माण कार्य तत्काल रोक्न परिपत्र गरेको मगरले वताएका छन् ।
गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वुले भने भवन वनिरहेको स्थान सरकारी भएकाले भवन वनाउन नमिल्ने वताए ।