पथरी । पथरीमा रहेको एभरेष्ट बोर्डिङ् स्कुलले राष्ट्रिय दुई सष्ट्रालाई सम्मान गर्ने भएको छ । स्कुलले राष्ट्रिय विशिष्ट प्रतिभा सम्मान र राष्ट्रिय युवा प्रतिभा सम्मान गर्न लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्कुलले विशिष्ट प्रतिभा सम्मान लोक गायक एल.पी. जोशी र युवा प्रतिभा सम्मान साहित्यकार धनकुटे कान्छालाई सम्मान गर्न लागेको विद्यालयका प्रिन्सिपल शान्तिराम निम्सिनाले बताए ।

विशिष्ट प्रतिभा सम्मानको लागी ५० हजार नगद र ताम्रपत्र र युवा प्रतिभा सम्मान ३५ हजार र ताम्र पत्रले सम्मान गरिने विद्यालयका निर्देशक रविन कन्दङ्वाले जनाए । विद्यालयमा स्थापना गरेको सि.एम.कनदङ्वा स्मृती कोषको राष्ट्रिय विशिष्ट र युवा प्रतिभा सम्मान २०७६ मा दुई व्यक्तित्वहरुलाई छनौट समितिले छनैट गरेका थिए । विद्यालयमा सि.एम.कनदङ्वा स्मृती कोष रु ५ लाखको रहेको छ ।
लोक गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छालाई बैशाख २६ गते विद्यालयको एक कार्यक्रम विच प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती र १ नं. प्रदेशका प्रतिष्ठित साहित्यकारले सम्मान गर्ने भएका छन् ।

साहित्यकार धनकुटे कान्छाले ४ वटा कृति प्रकाशित गरिसकेको र एभरेष्ट स्कुल संस्थापक सि.एम. कन्दङ्वासँग सहकार्य गरेका उनको कृतिको भूमिका लेख्ने तथा उनको बारेमा समीक्षा लेखेर योगदान दिएका थिए । त्यसैगरी एल पि जोशी एभरेष्ट स्कुल संस्थापक सि.एम. कन्दङ्वासँग धनकुटामा हुँदा सहकार्य गरेका र लोकगित संगीत क्षेत्रका धरोहर व्यक्तित्व हुँन ।

भाषा,साहित्य,कला,संस्कृति,शिक्षा,चिन्तन,समाजसेवा।पत्रकारिता क्षेत्रलाई टेवा पुर्याउने र सि.एम कन्दङ्वाको योगदानलाई जीवन्त राख्र्दै प्रतिभा प्रोत्साहन गर्ने उद्देश्य रहेको निर्देशक रविन कन्दङ्वा बताउँछन् ।