इटहरी/ भर्खरै नयाँ व्यवस्थापनले लिएको इटहरीको मोडर्न प्रिप्रेटरी बोर्डिङ स्कुलले अमेरिकी विद्यालयसँग भगिनी सम्बन्ध राख्ने प्रक्रिया शुरु गरेको छ । स्कुलले क्यालिफोर्निया डिजास्टर रेस्पोन्स टिमका दुई सदस्यमार्फत् अमेरिकाका विद्यालयहरूसँग भगिनी सम्बन्ध राख्ने तयारी थालेको हो । 
 
डिजास्टर रेस्पोन्स टिमले प्रिप्रेटरी र अमेरिकी विद्यालयका शिक्षक एवम् विद्यार्थी साटासाट गर्ने र अध्ययन गराउन पहल गर्ने विद्यालयका अध्यक्ष सञ्जीव वाग्लेले बताए ।
 
अध्यक्ष वाग्लेले भने गुणस्तरीय शिक्षाको लागि हाम्रो अभियान जारी छ । ‘शिक्षासँगै संस्कृति आदान–प्रदानका लागि नयाँ कन्सेप्टले काम गर्न खोजेका हौँ’ –थापाले भने । क्यालिफोर्निया राज्यमा विपद्सम्बन्धी काम गर्ने सरकारी संयन्त्रका काटिन स्च्नुअन्न, क्याली स्च्नुअन्नले मोडर्न प्रिप्रेटरीको भ्रमण गरेका थिए ।
 
नेपालका निजी विद्यालयको शिक्षा पद्धति हेर्न आएका उनीहरूलाई प्रिपे्रटरीले स्कुलमा स्वागत तथा अभिनन्दनसमेत गरेको थियो ।