रङ्गेली  /  ब्लाष्ट टाइम्म दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीसहित ४ जना प्रदेश १ का अग्रज पत्रकारहरुलाई प्रदेश सरकारले सम्मान गरेको छ ।
मंगलबार प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रधान सम्पादक कार्की, हर्ष सुब्बा, चन्द्र भण्डारी, नकुल काजीलाई १ लाख नगदसहित सम्मान गरेको हो ।
कार्की २०३७ साल देखि काचुली मासिकबाट पत्रकारिता गदैं हाल प्रदेश १ को सबै भन्दो बढि विक्रि हुने ब्लाष्ट दैनिकको प्रधान सम्पादकको जिम्मेवारीमा छन् । बामपन्थी विचारधाराका कार्की धरानलाई मृत शहर बन्नबाट जोगाउने मध्यका प्रमुख अभियान्तासमेत हुन । साहित्य र पत्रकारितालाई सँगै लिएर उचाईमा पु¥याउन उनले योगदान दिएका छन् ।

20190507183116_IMG_6310
यस्तै प्रदेश सरकारले सम्मान गरेका अर्का पत्रकार हर्ष सुब्बा २०२९ सालदेखि हासम्म फिल्डमा काम गर्ने एक मात्र पत्रकार हुन । चेतना साप्ताहिकबाट पत्रकारिता शुरु गरेका सुब्वा कान्तिपुर दैनिकका प्रदेश सल्लाहाकारको रुपमा अझै क्रियाशिल छन् । स्थानीय पत्रिकाहरुको सल्लाहाकार सम्पादकका रुपमा काम गरिरहेका छन् ।
झापाका चन्द्र भण्डारी विगत ३० बर्षदेखि झापामा क्रियाशिल छन् । राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका भण्डारी हाल कञ्चनजंगा एफएममा प्रवन्ध निर्देशकको रुपमा क्रियाशिल छन् । अर्का झापाकै सन् १९६४ देखि पत्रकारितामा क्रियाशिल नकुल काजी विवेचना साप्ताहिकबाटबाट पत्रकारिता शुरु गरेका थिए । २ वटा अग्रेजीमा र १७ वटा नेपाली भाषामा पुस्तक प्रकाशन गरिसकेका काजी नयाँ पुस्ताका लागि खुल्ला किताव हुन ।
४ जानै पत्रकार पञ्चायत, २०४७, २०६२/०६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह् गरेका व्यक्ति हुन । नेपालको पत्रकारिता इतिहासमा चार व्यक्तिहरुको नाम छुटाउन नहुने उदयपुरका अग्रज पत्रकार तथा प्रदेश सरकारको आम सञ्चार अध्ययन कार्यदलका सदस्य कौशल चेम्जोङले बताए ।
प्रदेश १ सरकारले कार्यविधि बनाएर प्रत्येक बर्ष ३० बर्ष माथि कलम चलाएका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने योजना अनुसार आज सम्मान गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।
उनीहरुलाई मुख्य मन्त्री शेरधन राइले नगदसहित सम्मान गरेका थिए । प्रदेश १ ले पत्रकारहरुलाई हौसाला प्रदान गर्न सम्मान गनेृ परम्पार शुरु गरेको बताए ।
कार्यक्रममा मुख्य सचिव सुरेश अधिकारी, संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुली, आन्तारिक मामिला सचिव ऋषि पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

IMG_20190507_163030