धरान/संस्कृत विद्या सम्बद्र्धिनी समितिले ३३ औं वार्षिकोत्सव मनाएको छ ।
संस्कृत वाङ्मयका विद्वान् पण्डित पुरुषोत्तम भट्टराईको सक्रियतामा २०४३ मा स्थापित संस्थाले संस्कृत शिक्षाको संरक्षण र सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । संस्कृत शिक्षा आर्जन गर्ने विद्यार्थीहरू हालसम्म बेरोजगार नरहेको र भविष्यमा पनि बेरोजगार हुनु नपर्ने धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।
गुरुकुलमा रहेर संस्कृत पढ्ने विद्यार्थीहरू अङ्ग्रेजी विद्यालय पढ्ने विद्यार्थीहरूभन्दा कैयौं गुणा बढी अनुशासित, व्यवहारिक, सामाजिक, तार्किक र बौद्धिक हुने उनले बताइन् । यसक्रममा विद्यालय स्थापनाका क्रममा तनमनधनका साथ सहयोग पु¥याउनेहरूलाई सम्मानित गरिएको थियो । समितिले हिमप्रसाद शर्मा दाहाल, सरिता अग्रवाल, मुन्सीराम अग्रवाल, भगवानदास अग्रवाल, दीपचन्द्र अग्रवाल, कृष्णकुमार अग्रवाल, गौरीशङ्कर अग्रवाल, राजेन्द्र अग्रवाल, राधेश्याम अग्रवाल, भीष्मराज काफ्ले, रामबहादुर बस्नेत, भैरव सुवेदी, कृष्णकुमार लिम्बू, त्रिलोकचन्द अटल, लालानाथ सुवेदी, राजेन्द्र पोख्रेल, बाबुराम सिग्देल, राजकुमार अग्रवाल, रामअवतार शर्मा र मारवाडी महिला मञ्च धरानलाई सम्मानित गरिएको छ ।
यसैगरी मरणोपरान्त सम्मानित हुनेमा पण्डित दीननाथ पौडेल, पण्डित छविलाल पोख्रेल, फावि थोपा लिम्बू, हेमन्तराज अर्याल, शिवप्रसाद श्रेष्ठ, नेत्रप्रसाद काफ्ले, श्यामकुमार अटल, रामानन्द अग्रवाल, वृजलाल अग्रलाल, हनुमानप्रसाद अग्रवाल र कृष्णकुमार अग्रवाल रहेका छन् । प्रा.डा. भरतप्रसाद भट्टराईको नेतृत्वमा गुरुकुलका विद्यार्थीहरूबाट स्वस्तिवाचन गरेका थिए । यसक्रममा विद्यालय परिसरमा निर्माण हुन लागेको गौशाला, पाकशाला र पानीटङ्कीको समेत शिलान्यास गरिएको छ । कार्यक्रममा प्रा.डा. चन्द्रमणि नेपालले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयले ६५ जना विद्यार्थीहरूलाई निःशुल्क आवास र भोजनको सुविधासहित संस्कृत शिक्षा प्रदान गर्दै आएको कुरा उनले बताए । कार्यक्रममा कैलाशकुमार अग्रवालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न विद्यार्थीहरूलाई पण्डित जयदेव अधिकारी छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।