विराटनगर । विराटनगरका कलाकार निरज ब्ल्याकको मुख्य भूमिका रहेको सट मुभि ‘बत्ती मुनी’ रिलिज भएको छ ।
निरज तिम्सिनाले निर्देशन गरेको उक्त सट मूभि विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो ।

२ मिनेटको रहेको सट मुभी ‘बत्ती मुनी’ एउटा पढेलेखेको युवाले भोग्नुपरेको समस्यालाई उजागर गर्न खोजिएको छ । मुलुकमा व्याप्त भ्रष्टचार,वेरोजगार, हत्याहिसां र घुसखोरीको जंजालमा फसेको विषयलाई लिएर बनाईएको सटमूभी हो । सट मुभि शुक्रबारदेखि युटुबमा राखिने कलाकार निरजले जानकारी दिए । यो मुभिमा निर्देशक केशराज रायमाझीले पनि अभिनय गरेका छन् । रिलिज कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्दु पोखरेल, हास्यकलाकार पारस खड्कालगायले सफलताको शुभकामना दिएका थिए ।

विभिन्न चलचित्रमा अभिनय गर्दै कलाकारिता क्षेत्रमा सर्घष गर्दै अगाडी बढेका निरजले अफानो छुट्टै पहिचान बनाउन सफल भएका छन् । केही दिन अगाडी विराटनगरमा मन्चन भएको ‘एक रात’ नामक नाटममा गरेको अभिनयले राम्रो प्रशंसा पाएको थियो ।