धरान । कक्षा ११ को वार्षिक परीक्षा आइतबार बिहानदेखि शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार बिहान ७ बजेदेखि शुरु भएको हो । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार देशभर ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी छन् ।
साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरू सहभगाी छन् । प्रदेश १ मा एक सय ९७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
जेठ ८ गतेसम्म चल्ने परीक्षामा देशभर एक हजार एक सय ७ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् । यो परीक्षामा मनाङ जिल्लामा सबैभन्दा कम ५१ जना परीक्षार्थी छन् भने सबैभन्दा बढी काठमाडौंमा ७१ ह्जार ५ सय २७ परीक्षार्थी छन् ।