अभिनेता निखिल उप्रेतीले दुई वर्षअघि घोषणा गरेको फिल्म ‘कमिटमेन्ट’ छायाङ्कन हुँदाहुँदै रोकियो । फिल्म रोकिनुमा टिमकै साथीहरूले धोका दिएको निखिलको भनाइ छ ।
 
फिल्म निर्माणका लागि झण्डै एक करोड खर्च भइसकेको थियो । यो फिल्म ५ करोडमा निर्माण सम्पन्न गरिने भनिएको थियो । तर, दुई वर्ष हुँदा फिल्मको निर्माण सकिनुको साटो सुटिङ रोकिएको छ । बजारमा यो फिल्म नबन्ने हल्ला छ ।
 
अभिनेता निखिल उप्रेतीले भने यो फिल्म जसरी पनि बन्ने दाबी गरेका छन् । उनका अनुसार फिल्म निर्माण गर्ने भनेर एक करोडभन्दा बढी खर्च भइसकेको छ । तर, पछि निर्मातामा ‘फाटो’ आउँदा फिल्मको छायाङ्कन अगाडि बढ्न सकेन ।
 
निखिलका अनुसार पहिलोपटक ठूलो क्यानभासको फिल्म बनाउने कोशिस गरिएको थियो । तर एकैपटक ठूलो फिल्ममा काम गर्दा गाह्रो भएको उनले बताए । उनका अनुसार फिल्ममा अन्य भारतीय कलाकारसँग पनि काम गर्ने सहमति भएको थियो । तर, भारतीय कलाकारले छायाङ्कनमा समय मिलाउन नसक्दा सुटिङ रोकिएको निखिलले बताए ।
 
उनले अहिले यो कथामा फिल्म रोकिए पनि कुनै न कुनै समय बन्ने विश्वास व्यक्त गरे । अभिनेता निखिल उप्रेतीले दुई वर्षअघि घोषणा गरेको फिल्म ‘कमिटमेन्ट’ छायाङ्कन हुँदाहुँदै रोकियो । फिल्म रोकिनुमा टिमकै साथीहरूले धोका दिएको निखिलको भनाइ छ ।
 
फिल्म निर्माणका लागि झण्डै एक करोड खर्च भइसकेको थियो । यो फिल्म ५ करोडमा निर्माण सम्पन्न गरिने भनिएको थियो । तर, दुई वर्ष हुँदा फिल्मको निर्माण सकिनुको साटो सुटिङ रोकिएको छ । बजारमा यो फिल्म नबन्ने हल्ला छ ।
 
अभिनेता निखिल उप्रेतीले भने यो फिल्म जसरी पनि बन्ने दाबी गरेका छन् । उनका अनुसार फिल्म निर्माण गर्ने भनेर एक करोडभन्दा बढी खर्च भइसकेको छ । तर, पछि निर्मातामा ‘फाटो’ आउँदा फिल्मको छायाङ्कन अगाडि बढ्न सकेन ।
 
निखिलका अनुसार पहिलोपटक ठूलो क्यानभासको फिल्म बनाउने कोशिस गरिएको थियो । तर एकैपटक ठूलो फिल्ममा काम गर्दा गाह्रो भएको उनले बताए । उनका अनुसार फिल्ममा अन्य भारतीय कलाकारसँग पनि काम गर्ने सहमति भएको थियो । तर, भारतीय कलाकारले छायाङ्कनमा समय मिलाउन नसक्दा सुटिङ रोकिएको निखिलले बताए । उनले अहिले यो कथामा फिल्म रोकिए पनि कुनै न कुनै समय बन्ने विश्वास व्यक्त गरे ।