विराटनगर/उच्च माध्यामिक विद्यालय (हिसान) मोरङको अध्यक्षमा विराटनगर अरनिको कलेजका प्रमुख राजेश कार्की निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न हिसानकाे चौथों महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमित ढकाल, उपाध्यक्षद्वयमा उद्धव भट्टराई र टिएन तिम्सीना, सचिवमा दिनेश दाहाल, सहसचिवमा आरसी कोइराला, कोषाध्यक्षमा भेषराज नेपाल (भुवन) र सहकोषाध्यक्षमा सूर्यनारायण मेहता चयन भएका छन् । 

त्यस्तै समितिको सदस्यहरूमा मनिष सोनी, दिपेन भट्टराई, पून्यप्रसाद लिङ्देन, सकलदेव साह र सरोज भट्टराई छन् । हिसान मोरङमा ३१ वटा उच्च माविहरू आवद्ध छन् ।