धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजयन्मुखतर्फ लम्किएसँगै बधाइ दिएका छन् ।
उनले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्वीट गर्दै बधाइ सन्देश दिएका हुन् । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उनीसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गरे । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ । मतगणनाको अन्तिम नतिजा भाेलीसम्म अाउने छ ।