धरान । क्याडीब्वाईबाट एमेच्योर गल्फर बनेका धरानका शुक्र राईले यो वर्षको ‘धरान वर्ष खेलाडी’ घोषित भएका छन् । उनी विश्वको ९ सय ३ औं एमेच्योर गल्फरमा पर्छन् ।

धरान उपमहानगरको नगर खेलकुद विकास समितिले गत वर्षदेखि प्रदान गर्दै आएको धरान वर्ष खेलाडी यसपटक गल्फ विधाबाट शुक्रलाई प्रदान गरिएको हो । शुक्रले यो वर्ष सूर्य इष्र्टन ओपन २०१८/०१९ र सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रो र एमेच्योरतर्फकै उपाधि जितेका थिए । उनलाई १ लाख नगदले पुरस्कृत गरिएको छ ।

IMG_20190524_135607-01

धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमार्फत् उपाधि जित्ने खेलाडीलाई धरान वर्ष खेलाडी घोषणा गर्ने मापदण्ड अनुरूप युवा गल्फर राई घोषित गरिएको छनौट समितिका सदस्य विकास चाम्लिङले बताए । विश्वभर ६ हजार ९ सय ५३ जना एमेच्योर गल्फर सूचिकृत छन् । गतवर्ष फुटबलका राेमन लिम्बू धरान वर्ष खेलाडी घाेषित भएका थिए । 

त्यस्तै ‘अनसिन हिरो अफ धरान’बाट टेबलटेनिसकी गीता मगर घोषित भएकी छन् । उनलाई नगद ५० हजार रुपैयाँले पुरस्कृत गरिएको छ । मगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विभिन्न मेडलहरू जितेकी छन् । 

IMG_20190524_134919-01

यही वर्षबाट समितिले अनसिन हिरोको पुरस्कार दिन थालेको समितिका संयोजक सुवास राईले बताए । यसक्रममा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले मगरलाई साउन १ गतेदेखि टेबलटेनिसको प्रशिक्षकमा नियुक्त गरेको कार्यक्रममा घोषणासमेत गरिन् । 

 

गोजीबाट प्रशिक्षक नियुक्त

प्रचलित ऐनकानूनलाई कुल्चेर नगर उपप्रमुख भण्डारीले आफ्नै गोजीबाट प्रशिक्षक नियुक्त गरेकी छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा व्यवस्था मा प्रमुख प्रशासकीय अधिकृतले मात्रै कर्मचारी दरबन्दीको प्रस्ताव गर्न सक्ने भन्ने उल्लेख छ ।

हेर्नुहाेस् ऐनमा भएको व्यवस्थाः

meyor-dharan