बिर्तामोड ‘ग्रेस इभेन्ट’ को आयोजनामा झापाको बिर्तामोडमा पहिलो पटक ‘मिष्टर एण्ड मिस टिन झापा आयोजना हुने भएको छ । ग्रेस इभेन्टले बिहिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर जेठ १८ गतेदेखि प्रतियोगी छनौट शुरु गर्ने जनाएको छ ।
असार १४ गते हुने फाइनलमा बिजेताले नगद ७० हजार, फष्ट रनर अपले ५० हजार र सेकेण्ड रनरअपले ३० हजार रुपैंयाँ पाउने ग्रेस इभेन्टका अध्यक्ष कृतिका शिवाकोटीले बताइन् । उनले नगद उपहारसँगै बिभिन्न कम्पनिले प्रदान गर्ने गिफ्ट ह्याम्पर समेत उपलब्ध गराउने बताइन् । प्रतियोगिलाई २७ दिनसम्म क्लोज क्याम्पमा राखेर बिभिन्न १९ वटा बिधामा तालिम प्रदान गरिने उनले बताइन् ।
झापामै पहिलो पटक मिस टिनमा सहभागि हुने युवतीलाई एयर होस्टेस तालिम प्रदान गर्ने तयारी आयोजकको रहेको छ । क्लोज क्याम्पमा आधुनिक र जिवनोपयोगी तालिम प्रदान गर्ने उदेश्य रहेको कार्यक्रमका संयोजक बिजय केसीले जानकारी दिए ।
बिर्तामोडमा अडिसन गरेर २५ देखि ३० जना प्रतियोगि फाइनलका लागि छनौट गर्ने आयोजक ग्रेस इभेन्टका निर्देशक अभिषेक निरौलाले बताए । आयोजकले झापाको बिर्तामोडमा कार्यालय स्थापना गरेर इभेन्ट आयोजना गरेको बताएको छ ।