उदयपुर/ सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको बेतेनीमा भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

कटारी–घुर्मी सडक खण्डमा पर्ने कटारी नगरपालिका – ११ बेतेनीको पानी ट्याङ्कीमा भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको हो ।

घुर्मीबाट कटारी आउँदै गरेका ना ३ ख ४१३० नम्बरको खाली गाडी अनिन्त्रीत भई गत राती करिब ९:३० बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सडकदेखि करिब एक किलोमिटर तल खोल्सामा गाडी खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सोलुखुम्बु नेचा निबासी करिब २२ वर्षीय सुजन भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्र्टमाटमको लागि कटारी अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।