सङ्खुवासभा / सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा आज एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् । साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए । राई अन्य चार साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सभाखोलामा पौडी खेल्ने एक बेपत्ता
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































