भद्रपुर/ होटलमा कार्यरत भारतीय नागरिकले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् ।
मेचीचगस्थित अधिकारी होटलमा कार्यरत भारत सिक्किम घर भएका ३५ वर्षीय नवीन भट्टराईले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाँटीमा ब्लेडले रेटेर होटलमा आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोड पठाएको जनाएको छ ।