उर्लाबारी/ उर्लाबारी नगरपालिकाले नगरका मुख्य–मुख्य केन्द्रमा बुधबारदेखि ‘फ्रि वाईफाई’ सेवा शुरु गरेसँगै नगरपालिकालाई फ्रि वाईफाई नगर घोषणा गरेको छ ।
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिङ्कसँगको सहकार्यमा नगरपालिकाले ‘फ्रि वाईफाई’ सेवा शुरु गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीको नागरिक सहायताकक्षबाट सो सेवाको मेयर खड्ग फागोले शुभारम्भ गर्दै एक हप्ताभित्र नगरका १२ मुख्य स्थानमा जडान गरिने बताएका छन् । इप्रकाको नागरिक सहायताकक्षमा ‘फ्रि वाईफाई’ जडान भएपछि सेवा लिन आउने सर्वसाधारणहरू लाभान्वित हुने इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताए ।
चालू आर्थिक वर्षमा उर्लाबारीका मुख्य चौकहरू वरगाछी, दुर्गापुरी बजार, हाटखोला, स्कुलडा“डा, आइतबारे, किसान चौक, मङ्गलबारे हस्पिटलछेउ, थापा चौक, उर्लाबारी नगरपालिका आसपासलगायत १२ स्थानमा ‘फ्रि वाईफाई’ जडान गरिने मेयर फागोले बताउँदै नगरलाई सञ्चार तथा सूचनामैत्री बनाउनका लागि ‘फ्रि वाईफाई’ जडान गरिएको बताए ।
मेयर फागोले आगामी आर्थिक वर्षमा माग अनुसारका स्थानमा थप ‘फ्रि वाईफाई’ सेवा सञ्चालन गर्ने बताउँदै नगरलाई समयसापेक्ष अगाडि बढाउने र विद्यार्थी, युवा, शिक्षकले इन्टरनेटमै पढाइका सन्दर्भ सामग्री खोजी गर्न सजिलो हुने बताएका छन् । कृषि, पर्यटन, शिक्षा तथा नया“ विषयवस्तु उत्पादनका लागि इन्टरनेटको समुचित प्रयोग गर्ने पक्षमा नगरपालिका रहेको मेयर फागोले बताएका छन् ।