धरान / नेपालको पहिलो सिभिल इन्जिनियर डिल्लीजंग थापाले श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरस्थित त्रियुगा नदिमा देशको पहिलो सिंचाइ परियोजना चन्द्र नहर निर्माण गरेका थिए । चन्द्रशमशेरको राज्यकालको उत्तराद्र्ध विसं १९८५ मा नहर निर्माण शुरू भई १९८९ मा तयार भएको इतिहास पाइन्छ । त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको थिएन । पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो । यो उत्कृष्ट इन्जिनियरिङ भएका कारण नहर निर्माणको सूक्ष्म इन्जिनियरिङबारे अध्ययन गर्न विदेशी प्राविधिकहरू आउने गरेका छन् ।

fattepur12
तर विडम्बना यहाँका स्थानीयले यो ऐतिहासिकता र महत्व बुझ्न सकेका छैनन् । मुलुकको जेठो चन्द्र नहर अहिले जिर्ण बनेको छ । पुराना इँटाहरु भत्किएका छन् । नहरको मुहान जिर्ण बन्दै गए पछि र वरपरको वातावरण पनि फोहोर भए पछि मानिसहरुको आवत जावत कम भएको छ । यहाँ रहेका आधा दर्जन राणशैलीका कलात्मक भवनहरु जिर्ण भएका छन् । कतिपय भत्किएर गएका छन् ।

fattepur18 मुख्य चोकमा रहेको राणाकालिन आवास गृह स्थानीय सरकारले पार्क बनाउन भन्दैं भत्काएर लथालिङ बनाएको छ । सिचाईसँग कुनै अनुपति नलिइ भत्काइदा नगरपालिकाले पार्कसमेत बनाउन सकेन । नहर नजिक स्थानीय सरकारले बनभोज स्थल बनाउने भनेर केही घेरावार गरे पनि व्यवस्थित बनाउन सकेको छैन् । पुर्खाको चिनो भावी सन्तकीका लागि खुल्ला किताव हुन तर स्थानीय तथा राज्यको लावारवाहीले एउटा इतिहास लभगभ मेटिन लागेको अवस्थामा छ । तस्वीरहरूः डि कार्कीfattepur2 fattepur1 fattepur3 fattepur5 fattepur4 fattepur9 fattepur11 fattepur14 fattepur13 fattepur15 fattepur16 fattepur17

fattepur7