Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • संस्कृति
  • मुलुककै उत्कृष्ट गन्तव्य लुम्बिनीकाे यस्ताे हालतः उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै

मुलुककै उत्कृष्ट गन्तव्य लुम्बिनीकाे यस्ताे हालतः उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै

alt
  • असार १५, २०७६
  • रासस
 
लम्विनी / विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ । धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् । धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत बुध कुँहार बताउछन ।
“सडकमा धुलो हुन थालेपछि सधैँजसो रुघा लाग्छ, घाँटी खस्खसाउँछ, आँखा रातो हुने समस्या छ, विद्यालय गएर पढ्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । सडकमा हिँड्दा आँखामा धुलोसमेत पर्ने गरेकाले आवतजावतमा समस्या हुने गरेको छ । यसका कारण विश्वका मानिसको ओहोरदोहोर हुने यो सडकका कारण पर्यटकमार्फत नकारात्मक सन्देश प्रवाह भइरहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाल भ्रमण गर्न आउने पर्यटक पुग्ने प्रमुख स्थानमध्येको लुम्बिनी जाने सडकले प्रवाह गर्ने सन्देशका बारेमा बेलैमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने स्थानीय सदना भुजले बताइन । 
मायादेवी गाउँपालिकाको बेथरीबाट लुम्बिनीसम्मको सडक डेढ वर्षदेखि घाम लागेका बेला धुलो र पानी परेका समयमा हिलोले यात्रामा कठिनाइ हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । सुण्डी माविमा कक्षा १० मा अध्ययनरत वृजमोहन यादव सडकमा गिट्टी खन्याएर छोडे पनि नमिलाउँदा सवारीले उछिट्याइ आँखामा लाग्ने गरेको गुनासो गरिन ।  मायादेवी गाउँपालिका–४, वनकसिया, कोइलीहवा, महिजिदियालगायत स्थानका मूल सडक जीर्ण हुँदा आन्तरिक एवं बाह्य पर्यटक दिक्क हुने गरेका छन् ।
ताप्लेजुङबाट लुम्बिनी घुम्न आएका सुमन लिम्बू लुम्बिनी जाने सडकको यस्तो दुर्दशा होला भन्ने नसोचेको बताए । काठमाडौँबाट लुम्बिनी घुम्ने पर्यटक लिएर गइरहनुहुने पर्यटन व्यवसायी तिलक श्रेष्ठ विश्वमै बुद्ध जन्मस्थल भनेर चर्चामा रहेको लुम्बिनीलाई किन वातावरणीयरुपमा आकर्षक नबनाएको भनी विदेशीले सोध्ने गरेको सुनाउछन ।  पर्यटकले यस्ता प्रश्न गर्दा के उत्तर दिने भनी अलमलमा पर्ने गरेको अनुभव उनको छ । यहाँका सडकमा साइकल पनि पर्याप्त गुड्छन् । सडकको जीर्णताका कारण धेरैजसो साइकल दुर्घटना हुने गरेको साइकलमा सवार जगदीश लोन बताए  । निर्माण व्यवसायीले कहिलेकाहीँ मात्र धुले सडकमा पानी हाल्छन् । पानी हालेको एक दुई घण्टामै सुक्ने फेरि धुलो उड्ने गरेको उनको गुनासो छ ।
सडक बिस्तार गर्ने नाममा किनारका रुख बिरुवा काटेकाले वातावरणीयरुपमा नकारात्मक प्रभाव पारेको छ । जेठको घाममा पहिले रुख बिरुवा भएको भागबाट हिँडिने गरेकामा काटेपछि समस्या भएको स्थानीय बुध कुहाँरको दुःखेसो छ । वातावरण विभागका रसायनविद् (केमिष्ट) केशव पौडेल ठेक्का सम्झौतामा वातावरण नबिग्रने गरी काम गर्न दैनिक पानी हाल्ने व्यवस्था हुने गरेको बताए । तर यस्तो व्यवस्थालाई व्यवसायीले पालना गर्ने गरेका छैनन् ।
सडकमा विशिष्ट व्यक्तिको आवागमन हुँदा मात्र पानी हालिन्छ । सम्झौतामा लेखिएको विषय स्थानीयवासीलाई थाहा नहुने भएकाले पनि किन पानी हालिएन भनेर कसैले खोजी गर्दैन ।
वातावरणमैत्री छैनन्
उद्योग विभागले तीन वर्षअघि लुम्बिनी क्षेत्रमा गरेको अनुगमनमा त्यहाँ सञ्चालित उद्योगले सांस्कृतिक सम्पदामा असर पु¥याएको निष्कर्ष निकालेको थियो । धुलोमात्र होइन, यहाँका उद्योगले फोहर पानी पनि निकालिरहेका छन् । रिलायन्यस पेपर मिल्स प्रालिले प्रशोधन गरेर दानव खोलामा पानी हाल्ने गरेको छ । फोहर पानीको प्रयोगशालामा परीक्षण गर्दा ‘बायोलोजिक अक्सिजन डिमाण्ड’ को मात्रा सरकारले तोकेकोभन्दा बढी पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । यसैगरी सिद्धार्थ रिफइनरी एण्ड सल्भेन्ट्स प्रालिले निष्काशन गरेको फोहर पानी पनि मापदण्डभन्दा बढी पाइएको छ ।
लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विश्वका धेरै उद्योगले यो प्रणालीलाई पछ्याए पनि नेपालका धेरै उद्योगले वातावरणीय पक्षमा ध्यान नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लुम्बिनी–भैरहवा औद्योगिक करिडोरमा रहेका सिमेन्ट, खाद्य, इट्टा, स्टील, स्पीनिङ र सिन्थेटिक, प्लाइउड, हर्बल एवं पेपर उद्योगमा प्रयोग भएका जेनेरेटर सेट, ब्वाइलर फर्नेश आयल सेट र तिनमा प्रयोग हुने डिजेल, धानको भुस, फर्नेश आयल, दाउरा र कोइला, सिमेन्ट उद्योगबाट चुहिने सिमेन्टको धुलो त्यस क्षेत्र वरपर वायु प्रदूषणको प्रमुख स्रोत बनेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत यस क्षेत्रको वातावरणीय सुधारमा सरोकार भएका निकायले बेलैमा ध्यान नदिए प्रदुषणका कारण पर्यटक आवागमनमा प्रभाव पर्नसक्ने स्थानीयवासीको चिन्ता छ ।
  • लुम्विनी
सम्बन्धित समाचार
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग

विजयपुर । सुनसरीको धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रालिले प्रधानमन्त्री ...

रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ...

कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड रुपैयाँ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३
रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन
भदौ ११, २०८३
कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
भदौ ११, २०८३
६ फरार प्रतिवादी पक्राउ
भदौ ११, २०८३
बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने दुई पक्राउ
भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको सहयोग
भदौ ११, २०८३
भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला
भदौ ११, २०८३
अपर त्रिशूली थ्री बी आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन
भदौ ११, २०८३
भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला
भदौ ११, २०८३
अमेरिका–चीनबीचका अवरोध हटाउन वाङको आग्रह
भदौ ११, २०८३
भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
भदौ ११, २०८३
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ
भदौ १०, २०८३
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३
रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन
भदौ ११, २०८३
कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
भदौ ११, २०८३
६ फरार प्रतिवादी पक्राउ
भदौ ११, २०८३
बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने दुई पक्राउ
भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको सहयोग
भदौ ११, २०८३
भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला
भदौ ११, २०८३
अपर त्रिशूली थ्री बी आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन
भदौ ११, २०८३
भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला
भदौ ११, २०८३
अमेरिका–चीनबीचका अवरोध हटाउन वाङको आग्रह
भदौ ११, २०८३
भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
भदौ ११, २०८३
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ
भदौ १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क