धरान । धरानमा भएको सुनसरी जिल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी धरान फुटबल क्लबले जितेको छ ।
सोमबार धरान रंगशालामा भएको फाइनल खेलमा इटहरीको राष्ट्रिय जागृती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । खेलमा धरानका लागी मनिषराज गुरुङले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच भने इटहरीका उमेश राई घोषितभए । उनल। प्रतियोगिताको उपाधीसँगै धरानले नगद पुरस्कार ५० हजार हात पारेको छ । उपविजेता इटहरीले नगद रु २५ हजार हात पारेको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी धरानका हिसुप थपलिया घोषित भए ।
। विजेता टिम तथा खेलाडीलाई सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरिधारी सापकोटालगायतले पुरस्कार तथा मेडल प्रदान गरे ।
प्रतियोगितामा सुनसरीका ८ टिम सहभागी रहेको थियो । धरान रंगशालामा मंगलबारदेखि कोशी क्षेत्र अन्तर्गत सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका जिल्ला विजेताहरु मुख्यमन्त्री लिग खेल्नेछन् । लिगको विजेताले एक नं. प्रदेश मुख्यमन्त्री लिग खेल्ने मौका पाउनेछ भने राष्ट्रिय लिग छनौट खेल्ने मौका समेत पाउनेछ । बिहीबारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुने आयोजकले जनाएको छ ।