विराटनगर/ दुई दिने ‘द ग्रेट इन्डिया एजुकेशन फेयर’ विराटनगरस्थित बिग होटलमा सोमबारदेखि शुरु भएको छ ।

मङ्गलबारसम्म सञ्चालन हुने एजुकेशन फेयरमा भारतका नाम चलेका २४ वटा विश्वविद्यालयको सहभागिता रहेको छ ।

प्रोमिनेण्ड सर्भिसेस प्रालिको आयोजनामा शुरु भएको एजुकेशन फेयरमा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा भारतबाट आएका विश्व विद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् ।

दुई दिनसम्म सञ्चालन हुने एजुकेशन फेयरमा करिब पाँच हजारजना विद्यार्थीको सहभागिता रहने आयोजक समितिका निर्देशक विवेक शुक्लाले जानकारी दिए । फेयरको पहिलो दिन उल्लेखनीय मात्रामा विद्यार्थीहरू आएको आयोजकले जानकारी दिएको छ । विराटनगरमा शैक्षिक मेला सम्पन्न भएपछि काठमाडौंमा पनि गर्ने भएको छ ।

काठमाडौंमा जुलाई ४ र ५ तारिकमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ । यस शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था आएका छन् ।