देउराली । पूर्वाञ्चल इन्जिन्यरीङ् क्याम्पसमा धरानमा अनेरास्वियुका विद्यार्थीले नेविसंघका विद्यार्थीलाई कुटेको भन्दै आज आधा घण्टा कोशी राजमार्ग अवरुद्ध पारेका छन् ।
केहि समय अगाडी अनेरास्ववियू समर्थित विद्यार्थीहरुले क्याम्पस प्रशाशसनको अनुमति नै नलिई क्याम्पसहाता भित्र रहेको खेल मैदानमा धारा जडान गरेपछि सोहि ठाउमा करिब ४ वर्ष अगाडी धारा जडान जडान गर्न स्विकृती नपाएको नेविसंघले विवाद झिकेकाे थियाे ।
निमार्ण भएको धारा भत्कीएपछि आफैले बनाएर आफैले भत्काए भन्ने आसयको फेसबुकमा व्याग्यात्मक स्ट्याटसलेखेपछि नेविसंघका धमेन्द्र यादवलाई अनेरास्वियुका सुमन दाहालले हातपात गरेको बताइएकाे छ । साेही विषयमा नेविसंघका विद्यार्थीहरुले अनेरास्वियुका सुमन दाहाललाई कारबाहिको माग गर्दै कोशी राजमार्गमा आधा घण्टा चक्का जाम गरेका हुन् ।
केहि दिन अगाडी भएको हातपातको घटनालाई लिएर नेविसंघका विद्यार्थीहरु इलाका प्रहरी कार्यालय धरानमा पनि दाहाललाई कारवाहिको माग गर्दै निवेदन दिएको नेविसंघका विद्यार्थीहरुले बताएका छन् ।
आन्दोलीत नेविसंघका विद्यार्थीहरुले क्याम्पसहाता भित्र रहेका २ वटा कुर्सि तोडफेड गरेको क्याम्पसका कर्मचारी नीरबहादुर कार्कीले बातए । निमार्ण भइसकेको धारा नेविसंघका विद्यार्थीहरुले भत्काएको भन्ने अनेरास्वियुका विद्यार्थीहरुको आरोप छ ।