राजविराज  / शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेकी छन् ।
घरपक्षले माइत र माइती पक्षले घर खेदेपछि ३५ वर्षीया रोशना खातुन चार सन्तानसहित सप्तरीको हनुमाननगर कंकालिनी १ मा पुगेर सप्तकोशी नदीमा हाम फालेको स्थानीयले बताए ।

अर्की महिलासँगको सम्बन्धका कारण श्रीमानले दिनहुँ कुटपिट गर्न थालेपछि माइतीको शरणमा खातुन गुगेकी थिइन । माइतीले पनि घर गरि खानु पर्छ भन्दैं जबरजस्ती घर पठाए पछि उनी विरक्तिएर आफ्नो सन्तानसहित नदिमा हाम फालेको बताइएको छ ।

१४ वर्ष अघि सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुरका मो। तैयवसँग खातुनको विवाह भएको थियो। खातुन तीन छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्।

श्रीमानले यातना दिएपछि चार सन्तानसहित जनकपुरको माइत पुगिन । त्यहा घर छाडेर आएको भन्दें उनलाई घर पर्कन दवाव दिइयो ।
उनलाई दवाव दिए पछि घर नगई उनी कोशी व्यारेजतर्फ लागेको खुलेको छ ।

यसरी भएको थियो घट्ना

साँझ परेपछि भोकाएका छोराछोरीहरुलाई खाजा खान दिएर नदीको दक्षिणतर्फ उनले पहिले छोरा छोरीलाई नदीमा फालेको र पछि आफु पनि हाम फालेको बताइएको छ ।

नदीको पानीले नै किनारा लाएर पाँच वर्षीय साइला छोरा तहसिल भने बचेका छन् । उनै छोरोको बयानका आधारमा यस्तो रहस्य खुलेको हो । अन्य हालसम्म फेला गरेका छैनन् ।

कोशी नदीमा काम गर्ने निर्माण् मजदुरले शनिबार नै महिलाको उद्धार गरेका थिए । नदीले बगाएर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई झ्याँङ्गमा गएर अड्किएको अवस्थामा मजदुरले उद्धार गरेका थिए । उनको साथमा नगद नौ हजार नगद, कानको सुनको झुम्का र कोशी ब्यारेजसम्म काटिएको बसको टिकट फेला परेको प्रहरीले जनाएको छ।

जिवितै उद्धार गरिएकी खातुनको भारदह अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । प्रहरीले खातुनका श्रीमानलाई झिकाएको छ । खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अझै फेला परेका छैनन् ।