मोरङ / विराटनगरस्थित पुष्पलाल चोकमा रहेको पूर्वाञ्चल विश्व विद्यालय र सेवा आयोगको कार्यलयमा विद्यार्थी संगठनहरुले तोडफोड गरि ताला लगाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा कार्यलयमा ताला लगाएका हुन ।

विश्व विद्यालयले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरुलाई तत्काल स्थगन गर्न उनीहरुले माग गरेका छन् ।
यता विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी गरेका छन् । तालाबन्दी अघि उनीहरुले दुवै स्थानमा तोडफोडसमेत गरेको स्थानीयले बताएका छन् ।